२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बिर्तामोडमा लुटपाटका लागि वृद्धाको हत्या, ५ जना पक्राउ

२०८१, १७ जेष्ठ बिहीबार ०८:२०

जेठ १७, झापा । झापाको बिर्तामोडमा ३ साताअघि भएको वृद्धाको हत्या लुटपाटका लागि भएको प्रहरीले निष्कर्ष निकालेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ६७ वर्षीया विष्णुमाया विष्टको हत्यामा संलग्न ५ जनालाई पक्राउ गरेको छ । वैशाख २६ गते बिर्तामोड नगरपालिका-४ शिवनगरमा बिहान साढे ७ बजे आफ्नै घरमा बसिरहेकी विष्टको टाउकोमा हतियार प्रहार गरी हत्या भएको थियो ।

पक्राउ पर्नेमा शिवनगरकै २२ वर्षीय गंगाप्रसाद राजवंशी, २३ वर्षीय महेश राजवंशी, २१ वर्षीया वर्षा मुनदास राजवंशी, ३३ वर्षीय ज्याक भन्ने भगरथ माझी र अर्जुनधारा-६ का ४३ वर्षीय धनबहादुर कामी छन् । गंगा हत्या र चोरीमा संलग्न मुख्य व्यक्ति रहेको सीआईबीको भनाइ छ ।

महेशले चोर्न जान सहयोग गरेको, वर्षाले चोरेर ल्याएको सामान लुकाउन सहयोग गरेको, माझीले मृतकको सुन बेच्न सहयोग गरेको र कामीले लुटिएको सुन खरिद गरेको प्रहरीको दाबी छ।

सुनको हातमा लगाउने बाला, सुनको सिक्का भएको बेरुवा औँठी, सुनको जन्तर, मृतकले लगाएको सुनको सिक्री, कानमा लगाउने सुनको टप र चाँदीको कलश बरामद गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह