१५ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

‘फर्की फर्की’ र ‘पुजार सार्की’ दोस्रो सातामा

१८ जेष्ठ २०८१, शुक्रबार ०८:१५

जेठ १८, काठमाडौँ । बुद्ध जयन्तीको अवसर पारेर १० गते बिहीबारदेखि एकसाथ प्रदर्शनमा आएका दुई फिल्म ‘फर्की फर्की’ र ‘पुजार सार्की’ दोस्रो सातामा प्रवेश गर्न सफल भएको छ । 

दुवैमा अहिलेका ‘स्टार’ कलाकारको अभिनय भएकाले यसलाई प्रतिष्ठाको लडाइँको रुपमा हेरिएको थियो । यी दुई फिल्मले शनिबारसहित तीनवटा विदा भेटेका थिए । र, विदामा दुवैले राम्रो कमाए । तर, दोस्रो हप्तामा प्रवेश गर्दा पनि दुवै फिल्मका निर्माताले व्यापार सार्वजनिक गर्न सकेका छैनन् ।


फेसबुकमा हरेकदिन हाउसफुलको तस्वीर राखिरहेका दुईटै फिल्मका निर्माताले व्यापार सार्वजनिक नगरेपछि भने धेरैमा आशंका उब्जिएको छ । कतै अपेक्षाअनुसार ‘पूजार सार्की’ र ‘फर्की फर्की’ले व्यापार नगरेका त होइन भन्ने प्रश्न उठेको छ । बुझिएअनुसार यी दुवै फिल्मका निर्माता एकअर्काको रणनीति हेरेका बसेका छन् । यसैले दुईवटै टिम ‘तैँ चुप मैँ चुप’को अवस्थामा देखिएको छ ।

यद्यपि, फिल्मसम्बन्धी जानकारी गराउने कार्यक्रम ‘रजतपट’ले आफ्नो अनुसन्धानको आधारमा बिहीबार दुवै फिल्मको एक हप्ताको कलेक्सन रिपोर्ट सार्वजनिक गरेको छ । पहिलो हप्ता दुई फिल्मको गरी साढे ५ करोड व्यापार रहेको जनाइएको छ । र, यी दुवै फिल्मले समान २ करोड २५ लाख बाँडेको उल्लेख छ । तर, यो रिपोर्टलाई लिएर दुवै निर्माताबाट आधिकारिक पुष्टि भएको छैन ।

‘रजतपट’को रिपोर्टलाई आधार मान्ने हो भने ‘पूजार सार्की’ र ‘फर्की फर्की’को व्यापार न अपेक्षाकृत न निराशाजनक देखिन्छ । तर, यो हिसाबले दुवै फिल्मलाई घरेलु बजारबाट लगानी उठाउन अझै ठूलो संघर्ष गर्नुपर्नेछ । ‘पूजार सार्की’ले लगानी उठाउन कम्तिमा ६ करोड र ‘फर्की फर्की’ले ८ करोड ग्रस व्यापार गर्नुपर्ने दबाब छ । यो हप्ताको व्यापार यी दुवै फिल्मका लागि निर्णायक रहनेछ ।

‘फर्की फर्की’ अनमोल केसी, जसिता गुरुङ, रवि काफ्ले, समृद्धि अर्याललगायत कलाकारको मुख्य भूमिका रहेको फिल्म हो । सुयोग गुरूङको लेखन एवं निर्देशन रहेको फिल्म रोहित अधिकारी र ओमप्रकाश अग्रवालले निर्माण गरेका हुन् । ‘टाइम लुप’ कथामा बनेको फिल्ममा लभस्टोरी पनि छ । 

‘पूजार सार्की’ आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अञ्जना बराइली, परीक्षा लिम्बू अभिनित फिल्म हो । दिनेश राउत निर्देशित फिल्म विकास सुवेदीले लेखेका हुन् भने सुवास भुसालले निर्माण गरेका हुन् । फिल्म जातीय विभेदविरुद्ध समाजका तीन पात्रले गर्ने सङ्घर्ष कथामा बनेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ठूला र पुराना लोकतान्त्रिक शक्तिले नै देशको नेतृत्व गर्ने हो : अध्यक्ष ओली ग्यासको बुलेट उठाउन नसक्दा अझै खुलेन पूर्व–पश्चिम महेन्द्र राजमार्ग साउदी अरेबियाद्वारा यमनको बन्दरगाहमा हवाई आक्रमण, अबु धाबीलाई चेतावनी यस्तो छ, समानुपातिकको बन्द सूची चोरी गरेको ६५ लाख रकमसहित केसी पक्राउ दुई लाख ४३ हजार मेट्रिक टन रासायनिक मल वितरण युवाले चाहेजस्तो देश निर्माणमा अग्रसर छौँः प्रधानमन्त्री पूर्वराष्ट्रपतिद्वय यादव र भण्डारीबीच भेटवार्ता सडक मर्मतमा ढिलाइ गरिए निर्माण व्यवसायीले ‘पेनाल्टी’ तिर्नुपर्ने हुन्छः मन्त्री घिसिङ मोटरसाइकल दुर्घटनामा घाइते भएका चालकको मृत्यु सन् २०२५ः अत्यन्त तातो वर्ष दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् घाइते राष्ट्रिय च्याउ दिवसः नेपालमा एक हजार १५० प्रजातिका च्याउ, सय प्रजातिका विषालु राजनीतिक स्थिरता र दिगो लोकतन्त्रका पक्षमा निर्वाचनः प्रधानमन्त्री खालिदा जियाको निधनमा शेख हसिनाद्वारा शोक व्यक्त कुल चौँसट्ठी दलले बुझाए समानुपातिकको बन्द सूची पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध प्रधानमन्त्रीद्वारा तमु ल्होसार तथा म्हैप्रु नकुमा पर्वको शुभकामना सुनचाँदीको मूल्यमा भारी गिरावट प्रधानमन्त्री कार्कीसँग राष्ट्रियसभा अध्यक्ष दाहालको शिष्टाचार भेट