१५ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

काठमाडौं विश्वको सबैभन्दा धेरै प्रदूषित दश सहरको सूचीमा कायमै

१८ जेष्ठ २०८१, शुक्रबार ०९:४४

जेठ १८, काठमाडौँ । काठमाडौँ‌ अझैँपनि विश्वको १० सबैभन्दा धेरै प्रदूषित सहरहरूको सूचीमा कायमै रहेको छ। प्रदूषणको स्तर मापन गर्ने अन्तर्राष्ट्रिय सङ्गठन आईक्यू एयरका अनुसार काठमाडौं विश्वको १० सबैभन्दा धेरै प्रदूषित सहरमा अझै कायमै छ।

शुक्रवार दिउँसो २ बजे काठमाडौंको वायु प्रदूषणे स्तर १०७ मापन गरिएको छ। उक्त अङ्कसहित काठमाडौं विश्वको १० सबैभन्दा धेरै प्रदूषित सहरमध्ये दशौँ स्थानमा रहेको छ।

१०७ स्तर अर्थात् काठमाडौंको प्रदूषण अस्वस्थकर मानिएको छ।


केही दिनदेखि काठमाडौंमा पानी पर्ने क्रम चलिरहेको र हुरीबतासका कारण पनि प्रदूषण्को स्तर घटेको देखिन्छ। तर, अझै प्रदूषण पूर्ण रुपले सफा हुन समय लाग्ने देखिएको छ।

यस्तै विश्वको सबैभन्दा धेरै प्रदूषित सहरमध्ये डेमोक्रेटिक रिपब्लिकाको किन्सासा पहिलो स्थानमा रहेको छ। किन्सासाको वायु प्रदूषणको स्तर १८७ मापन गरिएको छ भने इन्डोनेशियाको जाकार्ता दोस्रो स्थानमा रहेको छ। जाकार्ताको वायु प्रदूषण १६२ मापन गरिएको छ।

पाकिस्तानको लाहोर १५९ अङ्कसहित विश्वको तेस्रो सबैभन्दा धेरै प्रदूषित सहर बनेको छ भने चीनको वुहान १५६ अङ्कसहित विश्वको चौथो सबैभन्दा धेरै प्रदूषित सहर बनेको छ। संयुक्त अबर इमिरेट्सको दुबई १५२ अङ्कसहित विश्वको पाँचौ सबैभन्दा धेरै प्रदूषित सहर बनेको छ भने भारतको राजधानी दिल्ली १५१ अङ्कसहित विश्वको छैटौँ सबैभन्दा धेरै प्रदूषित सहर बनेको छ। 

युगान्डाको कम्पाला १४३ अङ्कसहित विश्वको सातौँ सबैभन्दा धेरै प्रदूषित सरह बनेको छ भने इराकको बगदाद ११७ अङ्कसहित विश्वको आठौँ र भारतको कोलकोत्ता ११४ अङ्कसहित विश्वको नवौँ सबैभन्दा धेरै प्रदूषित सहर बनेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ठूला र पुराना लोकतान्त्रिक शक्तिले नै देशको नेतृत्व गर्ने हो : अध्यक्ष ओली ग्यासको बुलेट उठाउन नसक्दा अझै खुलेन पूर्व–पश्चिम महेन्द्र राजमार्ग साउदी अरेबियाद्वारा यमनको बन्दरगाहमा हवाई आक्रमण, अबु धाबीलाई चेतावनी यस्तो छ, समानुपातिकको बन्द सूची चोरी गरेको ६५ लाख रकमसहित केसी पक्राउ दुई लाख ४३ हजार मेट्रिक टन रासायनिक मल वितरण युवाले चाहेजस्तो देश निर्माणमा अग्रसर छौँः प्रधानमन्त्री पूर्वराष्ट्रपतिद्वय यादव र भण्डारीबीच भेटवार्ता सडक मर्मतमा ढिलाइ गरिए निर्माण व्यवसायीले ‘पेनाल्टी’ तिर्नुपर्ने हुन्छः मन्त्री घिसिङ मोटरसाइकल दुर्घटनामा घाइते भएका चालकको मृत्यु सन् २०२५ः अत्यन्त तातो वर्ष दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् घाइते राष्ट्रिय च्याउ दिवसः नेपालमा एक हजार १५० प्रजातिका च्याउ, सय प्रजातिका विषालु राजनीतिक स्थिरता र दिगो लोकतन्त्रका पक्षमा निर्वाचनः प्रधानमन्त्री खालिदा जियाको निधनमा शेख हसिनाद्वारा शोक व्यक्त कुल चौँसट्ठी दलले बुझाए समानुपातिकको बन्द सूची पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध प्रधानमन्त्रीद्वारा तमु ल्होसार तथा म्हैप्रु नकुमा पर्वको शुभकामना सुनचाँदीको मूल्यमा भारी गिरावट प्रधानमन्त्री कार्कीसँग राष्ट्रियसभा अध्यक्ष दाहालको शिष्टाचार भेट