१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

रौतहटमा हावाहुरीले घरको छाना उडायो, दर्जनौं विद्युत पोल ढले

१८ जेष्ठ २०८१, शुक्रबार ०९:४९

जेठ १८, रौतहट । सञ्जय मिश्रा | रौतहटस्थित विहीबार साझँ  आएको  हावाहुरीले कैयौं घरको छाना उडाएर लाखौँ बराबरको क्षती भएको छ। चन्द्रपुर केन्द्रित हावा हुरीले कैयौं ठाउँको दर्जनौं विधुत पोल ढलेर विभिन्न ठाउँको विद्युत अवरुद्ध भएको छ । हावा हुरीले चन्द्रपुर नगरपालिका ६ स्थित सत्यनारायण भगतको घरको इलबेष्टरको छाना उडाउँदा ८ लाख बराबरको क्षती भएको छ।


त्यसैगरी वडा ५ का महिचन साह, रूपनारायण साह, प्रभुराज सिलवाल, रामाबिनय यादव, वडा ६ का भिमाबिर पहरी,४ का सुन्तली पहरी, का धर्मेन्द्र माझी, रामवीर माझी लगायतको घरको छाना उडाएर २० लाख ६० हजार बराबरको क्षती भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताएकी छिन् ।

चन्द्रपुरमा ५० भन्दा बढी विद्युत पोल ढलेको छ । हावा हुरीले  दर्जनौं बिजुलीको पोलका भाचिनुका साथै एउटा २०० केवीको ट्रानसफर्मरमा क्षती पुगेको छ। विद्युत पोल ट्रानफर्मार र अन्य उपकरण समेत गरि ३० लाख भन्दा बढीको क्षती भएको नेपाल विद्युत प्राधिकरण चन्द्रनिगाहपुर शाखाका प्रमुख धीरेन्द्र यादवले बताएका छन। हावाहुरीले गरेको क्षति बारे अनुगमन तथा भाँचेको पोल गाड्ने काम भईरहेको कारण चन्द्रपुरको अधिकांस स्थानमा विद्युत अवरुद्ध भएको प्रमुख यादवले जानकारी दिएका छन।

त्यसैगरी हावाहुरीले कटहरिया स्थित एउटा ११ केविको पोल ढलेको छ। हावाहुरीले फलफूल तथा अन्नबालीमा समेत क्षति पुर्याउँदा  किसानहरु मर्कामा परेका छन् । बिहीवार साँझको हावा हुरीले जिल्लाको अन्य स्थानमा सामान्य क्षती भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन