१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

देउवा निवास पुगेका माधव नेपालसँग प्रचण्ड र ओलीले गरे छलफल

१८ जेष्ठ २०८१, शुक्रबार ११:१०

जेठ १८, काठमाडौँ । कांग्रेस सभापति शेरबहादुरसहितका विपक्षी दलका नेतासँग छलफलमा बसेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले छलफल गरेका छन् । 

शुक्रवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपालसँग ओली र प्रचण्डले छलफल गरेका हुन् । भेटका क्रममा समसामयिक राजनीतिका विषयमा छलफल भएको अध्यक्ष ओलीले बताए । 

सो क्रममा सत्तारुढ दल भएपनि नेपाल बूढानीलकण्ठस्थित देउवाको निवासमा नेपाल पुगेको बारेमा पनि छलफल भएको बताइएको छ । 


नेकपा एमालेले सत्तारुढ दल भएर प्रमुख प्रतिपक्ष दलले बोलाएको विपक्षी दलहरूको बैठकमा नेपाल सहभागी भएको विषयलाई गम्भीरताका साथ लिएको छ ।

छलफलपछि बाहिरिने क्रममा अध्यक्ष ओलीले संक्षिप्त प्रतिक्रिया दिँदै भने,  ‘समसामयिक परिस्थितिको बारेमा छलफल भएको हो ।’

यता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष समेत रहेका प्रधानमन्त्रीले पार्टी संसदीय दलको बैठकमा अध्यक्ष नेपाल प्रतिपक्ष दलहरूको बैठकमा जाने कुरा आफूलाई जानकारी रहेको र सहमतिमै गएको बताएका थिए ।

 सिंहदरबारमा भएको तीन नेताबिचको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ । उक्त बैठकमा आइतबारबाट संसदमा सुरु हुने आगामी आर्थिक वर्षको बजेटका सम्बन्धमा पनि छलफल भएको बुझिएको छ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन