१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

देशका विभिन्न स्थानमा ५ जना मृतावस्थामा फेला

१८ जेष्ठ २०८१, शुक्रबार ११:३९

जेठ १८, काठमाडौँ । देशका विभिन्न स्थानमा ५ जना मृतावस्थामा फेला परेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार दाङको घोराही उपमहानगरपालिका-८ बेलुवा बस्ने ५० वर्षीया प्यारी चौधरी आफ्नै घरभित्र मृतावस्थामा फेला परेकी छिन् ।

बाँकेको नेपालगंज उपमहानगरपालिका-४ स्थित पञ्चकन्या होटलमा पनि कैलालीको टिकापुर नगरपालिका-१ का ५७ वर्षीय मिनराज गिरी मृतावस्थामा फेला परेका छन् । 

यसैगरी सिरहाको लहान नगरपालिका-३ कटहा मुसहरीस्थित आँपको बगैंचामा भगवानपुर गाउँपालिका-३ ईनर्वा बस्ने २६ वर्षीय जितेन्द्र खत्वे मण्डल पनि मृतावस्थामा फेला परेका छन् । 

यसैगरी कपिलवस्तुको यशोधरा गाउँपालिका-७ मर्यादपुरस्थित नेपाल भारत सिमाना नजिकै छाप्रोमा अन्दाजी ५५ वर्षीय पुरूष र बुद्धभूमी नगरपालिका-१ कपासे कडेलटोलस्थित बाटोमा अन्दाजी ५० वर्षीय पुरूष बिहीबार मृत अवस्थामा फेला परेका छन् भने

रूपन्देहीको तिलोत्तमा नगरपालिका-१ शिव चोकस्थित प्रतिक्षालयमा अन्दाजी ६५ वर्षीय पुरूष बिहीबार मृत अवस्थामा फेला परेका छन् । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको कार्यालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन