१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

निर्मल पुर्जामाथि महिला आरोहीलाई यौन दुर्व्यवहार गरेको आरोप !

१९ जेष्ठ २०८१, शनिबार ०५:४१

जेठ १९, काठमाडौं । कीर्तिमानी आरोही निर्मल पुर्जा (निम्स) माथि यौन दुर्व्यवहारको आरोप लागेको छ । अमेरिकी पत्रिका ‘द न्यूयोर्क टाइम्स’ ले एक रिपोर्ट प्रकासित गर्दै पुर्जाले हिमाल आरोहण गर्ने महिला आरोहीलाई यौन दुर्व्यबहार गरेको उल्लेख गरेको छ ।

न्यूयोर्क टाइम्सले प्रकाशित गरेको रिपोर्टमा पूर्वमिस फिनल्याण्ड लोता हिन्स्टाले ३० मार्च २०२३ मा काठमाडौंको होटलमा पुर्जाले दुव्यर्वहार गरेको आरोप लगाएकी छन् ।

उनले डिसेम्बरमा प्रकाशन भएको आफ्नो संस्करणात्मक पुस्तक ‘द माउन्टेन्स अफ माई लाइफ २’ मा पनि उनले नाम उल्लेख नगरी चर्चित आरोहीले आफुलाई दुर्व्यवहार गरेको अस्पष्ट घटनाक्रम उल्लेख गरेकी थिइन् । 

न्यूयोर्क टाइम्समा प्रकाशित रिपोर्टमा लोताले आफ्नो पुस्तकमा उल्लेख गरिएको व्यक्ति पुर्जा भएको खुलासा गरेकी छन् । रिपोर्टमा पुर्जाले होटलको कोठामा लगेर दुर्व्यवहार गरेको सविस्तार उल्लेख गरिएको छ ।

उनले भनेकी छन्- ‘मैले इन्कार गर्दा गर्दै उसले मेरो कपडा खोल्न थाले, मैले महिनावारी भएको छ भन्दा पनि उनी रोकिएनन्, एकपटक मेरो गोप्य अंगसम्म हात पुर्‍याए ।’

उनले पुर्जा ब्रिटिस सेनामा प्रशिक्षण लिएको र बलियो भएकाले आफू निरिह बनेको र प्रतिवाद गर्न नसकेको बताएकी छन् । रिपोर्टमा यस विषयमा पुर्जाले प्रतिक्रिया नदिए पनि उनका वकिल फिलिप केलीले लिखित जवाफ दिँदै आरोप अस्वीकार गरेको उल्लेख छ ।

रिपोर्टमा लता बाहेक क्यालिफोर्नियाकी डा. अप्रिल लियोनार्दोले पनि पुर्जाले आफ्नो अनुमतिविना पटकपटक चुम्बन गरेको आरोप लगाएकी छन् । पुर्जाले विश्वको दोस्रो सर्वोच्च शिखर केटु हिमाल चढ्ने बेला गाइड रहेका पुर्जा आफ्नो टेन्टमा आएर दुर्व्यवहार गरेको बताएकी छन् । डा. अप्रिलको आरोपमा पनि पुर्जाका वकिलले भने खण्डन गरेका छन् ।

यो घटनापछि दुवैले महिलाले आफु नाजिका साथीलाई बताएको र ती म्यासेजहरू न्यूयोर्क टाइम्सले अध्ययन गर्दा सत्य भेटिएको रिपोर्टमा दाबि गरिएको छ ।

पुर्जा आफ्नो एलाइट हिमालयन एड्भेन्चरमार्फत आरोहीलाई हिमाल चढ्न सहयोग गर्छन् । उनले कतारको राजपरिवार सदस्य आश्मा थानीदेखि रसियन मोडल भिक्टोरिया बोन्या जस्ता उच्च प्रोफाइलका महिलालाई समेत आरोहणमा सहयोग गरेका छन् ।

विश्वका ८ हजार भन्दा अग्ला सबै हिमाल चढेका पुर्जा बारे नेटफ्ल्क्सिले डकुमेन्ट्री नै बनाएको थियो ।

न्यूयोर्क टाइम्सको रिपोर्ट लिंक-  https://www.nytimes.com/2024/05/31/sports/mountaineering-sexual-harassment-abuse-nims-purja.html?smid=tw-share

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन