२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

संसद अवरोधको पनि विकल्प खोज्नुपर्ने रास्वपाका सांसदको माग

२०८१, २० जेष्ठ आईतवार ०६:४३

जेठ २०, काठमाडौँ । संसद अवरोधको पनि विकल्प खोज्नुपर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदले माग गरेका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकको शून्य समयमा बोल्दै रास्वापका सांसदले राजनीतिक दलले चक्का जाम र नेपाल बन्दको विकल्प खोज्दै आउँदा र नागरिकले समेत नेपाल बन्द स्वीकार नगर्दा, नेपाल बन्द लगभग बन्द जस्तै भएको भन्दै त्यसरी नै सदन अवरोधको पनि विकल्प खोज्नुपर्ने नभए जनता नैं विकल्पको खोजीमा उत्रने बताएका हुन् ।


रास्वपाका सांसद असिम साहले भने, ‘लगातारको सदन अवरोधले सांसदलाई जनताका समस्या उठाउन र सरकारलाई समाधानका लागि झकझक्याउनबाट वञ्चित गरेको छ । नतिजास्वरुप, सांसदमाथि आम नागरिकको विश्वास र भरोसा दिनानुदिन घट्दै गइरहेको छ । जसरी दलले चक्का जाम र नेपाल बन्दको विकल्प खोज्दै आउँदा र नागरिकले समेत नेपाल बन्द स्वीकार नगर्दा, नेपाल बन्द लगभग बन्द भएको छ । त्यसरी नै सदन अवरोधको पनि विकल्प खोजौं नभए जनता नैं विकल्पको खोजीमा जानेछन् । सदनको बैठक बस्न नदिने, नियमित कामकारबाही रोक्ने जस्ता गतिविधि गलत हुन, सदनलाई राजनीतिक दाउपेचको बन्दी बनाउन हुँदैन । म र मेरो दल सदन बन्द लाई नो नट अगेन भन्न चाहन्छौ । बन्द गर्ने लाई जनताले नै नो नट अगेन भन्ने छन् ।’

शून्य समयमा नै रास्वपाकै सांसद डा।चन्दा कार्कीले पनि संसद अरोधको गतिरोध सदाका लागि अन्त्य गनुपर्ने माग राखिन् ।

उनले भनिन्, ‘२०७२ सालदेखि अहिलेसम्म झण्डै सैयौ पटक सदन अवरोध भएको देखिन्छ । सदन देशको सार्वभौम र गरिमामय संसथिा हो । सदन बारबार अवरोध हुनु गम्भीर चिन्ताको विषय हो । यसले लोकतान्त्रिक प्रक्रियामा देशमा अमनचयन कायम गर्नमा, आवश्यक कानून बनाउन र संशोधन गर्न तथा जनहितका काम गर्नमा गम्भिर बाधा पुर्याउछ । देश दुनियाले हामीलाई हेरिरहेका छन् । यस गरिमामय सदनको सम्मान हामीले नै गर्नुपर्छ । हामी एक अर्कासँग लड्ने होइन, देशमा रहेको गरिवी, अशिक्षा, बेरोजगारी, महंगी जस्ता समस्यासँग लड्न सक्नुपर्छ । सदन अवरोध हुदाँ धेरै सांसदको सदनमा तमासा हेरेर समय वर्वाद गर्नुपर्ने परिस्थितीबारे पनि एक पटक सोच्नुपर्छ । सदन अवरोध हुदाँ नेपाली जनताको आवाज पनि अबरोध हुन्छ । अबरोध सदनले जनताको विश्वास गुमाउँछ र राजनीतिक अस्थिरता बढाउँछ । यसको समाधान भनेको आपसी सम्मान र सहयोगी भावना नै हो । यस विना लोकतन्त्रको सहि सञ्चालन असम्भव छ ।’


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह