२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

२०८१, २० जेष्ठ आईतवार ०७:४६

जेठ २०, काठमाडौँ । देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ ।

कञ्चनपुर, बेदकोट नगरपालिका-१० सिसैयास्थित सडकमा सुदूरपश्चिम प्रदेश ०२००१ क ५१४ नम्बरको टिपरको ठक्करबाट साइकलयात्री सोही नगरपालिका-६ बस्ने ५२ वर्षीय काले सुनारको शनिबार बेलुकी घटनास्थलमै मृत्यु भएको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

झापा, मेचीनगर नगरपालिका-१२ कालिझोडास्थित सडकमा मे.१ ख ३२५१ नम्बरको बसले प्र.१-०१-०१४ प ८७८२ नम्बरको मोटरसाइकललाई शनिबार बेलुकी ठक्कर दिँदा मोटरसाइकल चालक भद्रपुर नगरपालिका-१० बस्ने ५२ वर्षीय नेत्र प्रसाद परियारको मृत्यु भएको  छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बिएण्डसी अस्पताल बिर्तामोड उपचारको क्रममा मृत्यु भएको हो । उक्त स्थानमा मे.११ प २०२८ नम्बरको मोटरसाइकल र प्र.१-०१-०१४ प ८७८२ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाँदा सडकमा लडेका नेत्र प्रसादलाई उक्त बसले ठक्कर दिएको थियो । दुर्घटनामा घाइते भएका मे.११ प २०२८ नम्बरको मोटरसाइकलमा सवार २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । हाल फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ ।

डडेलधुरा, गन्यापधुरा गाउँपालिका देउपाल सामुदायिक वनस्थित सडकमा बागमती प्रदेश ०१ ००४ क २२५३ नम्बको टिपर सडकबाट  करिब ५ सय मिटर तल खसेर शनिबार राति दुर्घटना हुँदा सहचालक अमरगढी नगरपालिका-१ बण्ड बस्ने २२ वर्षीय केशव ऐरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको डडेल्धुरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

सप्तरी, कंचनरूप नगरपालिका-३ सुवाटोलस्थित सडकमा स.१ त ६२९५ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार हाल नाम, थर, वतन नखुलेका २ जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका २२ जनामध्ये २ जनाको सोही अस्पतालमा, १२ जनाको गोल्डेन अस्पताल विराटनगर मोरङमा र ८ जनाको धर्मेश्वर अस्पताल ठेलियामा उपचार भइरहेको छ । 

दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह