१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

यातायात कार्यालय गौर दलालको केन्द्र बन्यो, दुई पक्राउ

२० जेष्ठ २०८१, आईतवार ०९:४५

जेठ २०, रौतहट | रौतहट जिल्ला सदरमुकाम गौरस्थित यातायात व्यवस्था कार्यालय दलालहरूको केन्द्र बनेको छ।

दुई पांग्रे चारपांग्रे सवारी चालक अनुमति पत्र पैसाको भरमा सजिलै पाइने हुँदा गौर कार्यालय दलालको लागि आकर्षणको केन्द्र बनेको हो।

यसैबीच, गौरको ट्रायल सेन्टरबाट दुई जना दलाललाई आइतबार प्रहरीले पक्राउ गरेको छ। ट्रायल सेन्टरमा दलालहरूले लाइसेन्स बनाइदिने भन्दै सेवाग्राहीसँग रकम असुलको गुनासो आएपछि दुई जना दलाललाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटकी प्रवक्ता डिएपी एलिजा गिरीले बताएकी छिन्।


पक्राउ पर्नेमा चितवन भरतपुर-१० बस्ने ४५ वर्षीय रमेश पाठक र गौर नगरपालिका-१ बस्ने बर्ष ४८ को श्यामनारायण साह रहेको प्रवक्ता गिरीले जानकारी दिएकी छिन्।

पक्राउ परेका दुवै जनामाथि मुद्दा दर्ता तथा म्याद थपको प्रक्रिया जारी रहेको तथा प्रक्रिया पूरा भएपछि घटनाबारे पूर्ण विवरण सार्वजनिक गर्ने डिएसपी गिरीले बताइन्।

पछिल्लो समय यातायात कार्यालय गौरमा हरेक समय स्थानीयदेखि काठमाडौंसम्मका दर्जनौं दलाल घुमिरहेको देख्न सकिन्छ।

दलालमार्फत खुलेयाम रकम लिएर चालक अनुमति पत्र खरिद-बिक्री हुने गरेको गुनासो बढ्दै गएको छ। स्कुटर, जिप, कार, टेम्पो, ट्याक्टर लगायतका सवारी साधनको अनुमति पत्र वितरण तथा सवारी साधनको नवीकरण, सवारी दर्ता, सवारी जाँचपास र नामसारी लगायतका कार्यको लागि आर्थिक लेनदेन दलालमार्फत् हुने गरेको सेवाग्राहीले गुनासो गरेका छन्।

कार्यालयका प्रमुख अरविन्द दासले आरोपको खण्डन गरेका छन्। तर प्रत्यक्ष रूपमा जुन समय जाँदा पनि दलाललाई कार्यालयमा देख्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन