२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

भारतको अरुणाचल र सिक्किम विधानसभामा सत्तारुढ दललाई फराकिलो बहुमत

२०८१, २० जेष्ठ आईतवार १२:२७

जेठ २०,  काठमाडौँ । भारतको उत्तरपूर्वी दुई राज्यहरू अरुणाचल प्रदेश र सिक्किम दुवै राज्यमा सत्तारुढ दलले भारी बहुमत ल्याउने देखिएको छ ।

अरुणाचल प्रदेशमा भाजपा नेतृत्वको  एनडीए गठबन्धन अहिलेसम्म ६० मध्ये ४५ सिटमा अगाडि छ । त्यस्तै, सिक्किममा सत्तारुढ एसकेएम पार्टीले ३२ सिटमध्ये ३१ सिटमा अग्रता लिएको छ । यसैबीच दुबै प्रदेशका मजदुरहरुले उत्सव मनाउन थालेका छन् । 


दुवै प्रदेशका मुख्यमन्त्री र राज्यपालबीच आजै दिउँसो भेटवार्ता हुने भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । दुवै राज्यमा मुख्यमन्त्रीले आ–आफ्नो सिट जितेका छन् ।

२०१९ अरुणाचल प्रदेश विधानसभा चुनावमा, बीजेपीले ४१ सीट जित्यो र पेमा खान्डु मुख्यमन्त्री बने । कांग्रेसले ४ सिट मात्र जितेको थियो भने जनता दल युनाइटेड (जेडीयू) र एनपीपीले क्रमशः ७ र ५ सिट जितेका थिए । यसअघि २०१४ मा भएको अरुणाचल प्रदेश विधानसभा चुनावमा कांग्रेसले ४२ सिट जितेको थियो भने भाजपाले ११ सिट मात्र जिटेको थियो । अरुणाचलको पीपल्स पार्टी (पीपीए) ले ५ सिट जितेको थियो । तर राज्यमा राजनीतिक उथलपुथल भएपछि जुलाई २०१६ मा पेमा खाण्डु पहिलो पटक राज्यको मुख्यमन्त्री बनेका थिए ।

अरुणाचल प्रदेशमा भाजपाले यसअघि नै १० सिट निर्विरोध जितेको छ । अरुणाचल प्रदेशमा कुनै प्रमुख क्षेत्रीय राजनीतिक दलहरू छैनन्। यहाँ बीजेपी र कांग्रेस दुई ठूला पार्टी हुन् र उनीहरुबीच लडाइ छ । यद्यपि, बीजेपीले राज्यका सबै ६० सिटमा उम्मेदवारी दिएको छ भने कांग्रेसले १९ सिटमा मात्रै उम्मेदवार खडा गरेको थियो । 

त्यस्तै सिक्किममा २०१९ को विधानसभा चुनावमा एसकेएमका प्रेम सिंह तामाङको नेतृत्वमा सरकार गठन भयो । एसकेएमले १७ सीट जिटेको थियो र प्रेम सिंह मुख्यमन्त्री बने । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह