१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मिडिया टाइकुन मर्डोकले गरे पाँचौं विवाह

२१ जेष्ठ २०८१, सोमबार ०६:५१

जेठ २१, काठमाडौँ । मिडिया टाइकुनको नामले चर्चित रुपर्ट मर्डोकले पाँचौं विवाह गरेका छन् । उनले ६७ बर्षिय एलेना झुकोभालाई आफ्नो पार्टनर बनाएको अमेरिकी मिडियाहरुले उल्लेख गरेका छन् ।

९३ वर्षीय मर्डोकले गत बर्षदेखि एलेनासँग डेटिङ गरिरहेको बताइएको छ । एलेना सेवानिवृत्त आणविक जीववैज्ञानिक हुन् । उनको भने यो तेस्रो विवाह हो ।

मर्डोकले गत वर्ष मात्र चौथी श्रीमतीसँग सम्बन्धविच्छेद गरेका थिए । एलेना सँग आफ्नो नाम जोडिएपछि उनले चौथी श्रीमतीसँग सम्बन्ध बिच्छेद गरेका थिए ।


अष्ट्रेलियाको मेलबर्नमा ११ मार्च १९३१ मा जन्मेका मर्डोक लामो समयदेखि मिडिया व्यवसायमा जोडिएका छन् । उनको अमेरिकामा फक्स न्यूज र न्युज क्रपमा लगानी रहेको छ भने स्काई न्यूज अस्ट्रेलिया, द वाल स्ट्रिट जनरल, बेलायतबाट प्रकशित हुने द सन् र द टाइम्स, अस्ट्रेलियाको द दिली टेलिग्राफ हेराल्ड सन, द अस्ट्रेलियन, अमेरिकाको वाल स्ट्रिट जनरल र न्यूयोर्क पोस्ट, किताब पब्लिसर कम्पनि हार्पर कोलिन्स लगायतका मिडिया संचालनमा रहेका छन् । उनले गत बर्ष मात्र न्यूज क्रपको अध्यक्षबाट राजीनामा दिएका थिए ।

उनको मोडल जेरी हलसँगको चौथो विवाह छ वर्षपछि २०२२ मा टुङ्गिएको थियो ।  उनले आफ्नो पहिलो पत्नी एयर होस्टेज प्याट्रिसिया बुकरसँग १९५६ मा विवाह गरेका थिए, जससँग उनको जेठो छोरा प्रुडेन्स रहेका छन् । १९६७ मा, उनले डेली मिरर रिपोर्टर अन्ना टोर्भसँग दोस्रो विवाह गरे । उनीसँग तीन छोरा छोरी भएका थिए । उनको दोस्रो विवाहको अन्त्य १९९९ मा भएको थियो ।

मर्डोकले टोर्भबाट अलग भएको तीन हप्ताभन्दा कम समयमै १९९९ मा २९ वर्षीय डेङसँग विवाह गरेका थिए । मर्डोक र डेङसँग दुई सन्तान छन् । यो जोडी सन् २०१३ मा अलग भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन