१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सामसुङले ल्याउँदैछ स्मार्ट औंठी, कति पर्छ मूल्य?

२१ जेष्ठ २०८१, सोमबार ०७:२४

जेठ २१, काठमाडौँ । दक्षिण कोरियाली इलेक्ट्रोनिक्स कम्पनी सामसुङले छिटै नै आफ्नो फोल्ड तथा फ्लिप फोन लञ्च गर्नेवाला छ ।

उसो त कम्पनीले यसको आधिकारिक मितिको घोषणा गरिसकेको छैन, तथापि यससँग सम्बन्धित विभिन्न खुलासायुक्त समाचारहरु लगातार आइरहेका छन् ।

रिपोर्टहरुलाई आधार मान्नेहो भने कम्पनीले जुलाइ महिनाको सुरुवातमा आफ्ना नयाँ फोल्डबेल फोन लञ्च गर्नेछ।

पछिल्लोपटक सामसुङको उक्त विशेष सार्वजनिकीकरण समारोह Samsung Galaxy Unpacked Event सँग सम्बन्धित केही नयाँ विवरणहरु सार्वजनिक भएका छन् । जस अनुसार जुलाइमा कम्पनीले Galaxy Z Fold 6 तथा Galaxy Z Flip 6 सँगै Galaxy Ring नामबाट स्मार्ट औंठी पनि सार्वजनिक गर्दैछ ।


उक्त स्मार्ट औँठी सार्वजनिक हुनु अगावै त्यसको मूल्यको खुलासा भएको छ।

समाचार अनुसार ग्यालेक्सी स्मार्ट औंठीको मूल्य ३०० देखि ३५० डलरसम्म पर्नेछ ।

सामसुङको ग्यालेक्सी औंठीको सिधा प्रतिस्पर्धा फिनिस कम्पनी औराको Oura Ring सँग हुनेछ।

औराको स्मार्ट औंठीको मूल्य २९९ डलरदेखि ५४९ डलरसम्म रहेको छ । यसका अलावा यो औंठीको मासिक सब्सक्रिप्सन शुल्क पनि रहेको छ जुन वार्षिक ७१.८८ डलर छ ।

सामसुङको ग्यालेक्सी रिंगको बारेमा विस्तृत विवरण भने आइसकेको छैन । यद्यपि यसमा स्वास्थ्य तथा तन्दुरुस्ती ट्रयाकिङ फिचर हुने बताइएको छ ।

यो औंठीमा Spo2, मुटुको गति, निद्रालगायतका फिचर्स हुनेछन् । यसमा ब्लुटुथ ५.४ कनेक्टिभिटी हुनेछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन