१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बजेटको कुरा सुन्दा दिक्क लागेर संसद्‌मै निदाएँ– चित्रबहादुर केसी

२१ जेष्ठ २०८१, सोमबार ०७:५३

जेठ २१, काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बजेटमाथि संसद्मा भइरहेको छलफल दिक्क लाग्दो भए आफू संसद्मै निदाएको बताएका छन् । संसद्मा भइरहेको छलफल दिक्क लाग्दो र औचित्यहीन रहेको उनले बताए ।


सरकारले संसद्मा पेश गरेको बजेटमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै केसीले संसद्मा कुनै रमाइलो नभएको बताएका हुन् । ‘छलफलको कुरा सुन्दा वाक्क लागेर म एकछिन संसद्मै निदाए, रमाइलो छैन । दिक्क लाग्दो कुरा आए’ केसीले भने ।

संघीयताका कारण चालु खर्च बढेर देशले धान्न नसक्ने अवस्था सृजना भएको उनले बताए । ‘संघीयताका कारण साधारण खर्च बढ्यो जसले गर्दा नेपाली जनतामाथि भार पर्‍यो । वैदेशिक ऋण लिएर संघीय संरचना चलाउन सकिँदैन भनेर हामीहरूले खारेजीको कुरा गरेका हौं’ केसीले भने ।

जेठ १५ गते अर्थमन्त्री वर्षमान पुनले संसद्मा पेश गरेको बजेटमाथि प्रतिनिधि सभामा दोस्रो दिनको छलफल चलिरहेको छ । यो छलफल सकिएपछि विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल शुरू हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन