२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बजेटप्रति रघुजी पन्तको टिप्पणी: जिन्दगी चल्न त चल्या छ, पीरै पीरमा छ

२०८१, २१ जेष्ठ सोमबार ०८:४२

जेठ २१, काठमाडौँ । नेकपा (एमाले) का सांसद रघुजी पन्तले बजेटमा केही अन्तरविरोधहरू रहेको र यथार्थलाई समेट्न नसकेको बताएका छन्।

सोमबार प्रतिनिधि सभाको बैठकमा बजेटमाथिको छलफलमा बोल्दै कार्यान्वयनमा जाँदा निर्दिष्ट लक्ष्य पूरा गर्न सक्षम हुन्छ त भन्ने संशय रहेको बताएका हुन्।

अहिले एउटा चर्चित गीत छ, फूल फुल्न त फुलेको छ भीरै भीरमा छ; जिन्दगी चल्न त चल्या छ पीरै पीरमा छ। यस गीतले देशको यथार्थलाई भन्छ,’ उनले भने, ‘बजेट हामीले ल्याएका छौं। भोलि कार्यान्वयनमा जाँदा निर्दिष्ट लक्ष्य पूरा गर्न बजेट सक्षम हुन्छ त?

त्यहाँबाट हामीले बजेटको मूल्यांकन गर्नुपर्छ।’

अर्थमन्त्रीहरू अलि निर्मम हुने सन्दर्भ पनि उल्लेख गरे। 

‘अर्थमन्त्री यथार्थवादी हुन्छन्। उनीहरूले दिएको तथ्यांकमा देश विश्वास गर्न सक्नुपर्छ।


केही वर्षयता हाम्रो बजेट विश्वासयोग्य भएनन्। गत वर्षको पनि विश्वासयोग्य भएन। किनभने बजेटमा भनिएका कयौं योजना फिल्डमा जाँदै गएनन्। यो बजेटबाट हामीले मेरो पार्टीले समर्थन गरेको सरकार हो। हामी यो बजेटलाई भोट हाल्छौं। कार्यान्वयन होस्, लक्ष्य पूरा होस्। बजेटका प्रतिबद्धता पूरा होऊन्,’ उनले भने।

अर्थमन्त्री वर्षमान पुनले राम्रा कुरा राखेको तर अन्तरविरोध रहेको पनि बताए।

बजेटमा कतिपय ठाउँमा अंक छन्। कतिपयको अंक नै छैनन्, कार्यान्वयनमा कसरी जान्छ?

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह