१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बजेटप्रति रघुजी पन्तको टिप्पणी: जिन्दगी चल्न त चल्या छ, पीरै पीरमा छ

२१ जेष्ठ २०८१, सोमबार ०८:४२

जेठ २१, काठमाडौँ । नेकपा (एमाले) का सांसद रघुजी पन्तले बजेटमा केही अन्तरविरोधहरू रहेको र यथार्थलाई समेट्न नसकेको बताएका छन्।

सोमबार प्रतिनिधि सभाको बैठकमा बजेटमाथिको छलफलमा बोल्दै कार्यान्वयनमा जाँदा निर्दिष्ट लक्ष्य पूरा गर्न सक्षम हुन्छ त भन्ने संशय रहेको बताएका हुन्।

अहिले एउटा चर्चित गीत छ, फूल फुल्न त फुलेको छ भीरै भीरमा छ; जिन्दगी चल्न त चल्या छ पीरै पीरमा छ। यस गीतले देशको यथार्थलाई भन्छ,’ उनले भने, ‘बजेट हामीले ल्याएका छौं। भोलि कार्यान्वयनमा जाँदा निर्दिष्ट लक्ष्य पूरा गर्न बजेट सक्षम हुन्छ त?

त्यहाँबाट हामीले बजेटको मूल्यांकन गर्नुपर्छ।’

अर्थमन्त्रीहरू अलि निर्मम हुने सन्दर्भ पनि उल्लेख गरे। 

‘अर्थमन्त्री यथार्थवादी हुन्छन्। उनीहरूले दिएको तथ्यांकमा देश विश्वास गर्न सक्नुपर्छ।


केही वर्षयता हाम्रो बजेट विश्वासयोग्य भएनन्। गत वर्षको पनि विश्वासयोग्य भएन। किनभने बजेटमा भनिएका कयौं योजना फिल्डमा जाँदै गएनन्। यो बजेटबाट हामीले मेरो पार्टीले समर्थन गरेको सरकार हो। हामी यो बजेटलाई भोट हाल्छौं। कार्यान्वयन होस्, लक्ष्य पूरा होस्। बजेटका प्रतिबद्धता पूरा होऊन्,’ उनले भने।

अर्थमन्त्री वर्षमान पुनले राम्रा कुरा राखेको तर अन्तरविरोध रहेको पनि बताए।

बजेटमा कतिपय ठाउँमा अंक छन्। कतिपयको अंक नै छैनन्, कार्यान्वयनमा कसरी जान्छ?

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन