१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

क्रिकेट खेलाडीलाई युरो पेन्ट्सको प्रोत्साहन, प्रतिरन ३००, प्रतिविकेट ३ हजार पुरस्कार

२१ जेष्ठ २०८१, सोमबार ११:४५

 जेठ २१,  काठमाडौं । जगन्नाथ ग्रुप अन्तर्गतको युरो पेन्ट्सले टी–२० विश्वकप खेल्न लागेको नेपाली क्रिकेट खेलाडीलाई प्रोत्साहन स्वरूप पुरस्कारको घोषणा गरेको छ । 

जसअनुसार खेलाडीले प्रतिरन ३०० रुपैयाँ पुरस्कार पाउनेछन् । यस्तै प्रत्येक चौकामा १ हजार, छक्कामा ३ हजार तथा अर्ध सतकमा ५० हजार र शतकमा १ लाख पुरस्कार दिने कम्पनीले घोषणा गरेको छ । 

यस्तै विकेट लिएको खण्डमा प्रतिविकेट ३ हजार रुपैयाँ खेलाडीले पुरस्कार पाउनेछन् । कम्पनीका प्रबन्ध निर्देशक केल्बिन शर्माका अनुसार अमेरिका र वेस्ट इन्डिज आयोजित विश्वकपमा सहभागी टोलीको प्रोत्साहनका लागि क्यानलाई १ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय भएको छ । 


यसबाहेक नेपाली टोली सुपर ८ मा पुगेको खण्डमा २ लाख, सेमिफाइनलमा पुगेमा ५ लाख, फाइनलमा पुगेमा ७ लाख र विश्वकपमै जितेको खण्डमा १० लाख रुपैयाँ उपलब्ध गराउने घोषणा पनि कम्पनीले गरेको छ । विश्वकप अन्तरगत नेपालले पहिलो खेल मंगलबार नेदरल्याड्सविरुद्ध खेल्दै छ । 

जगन्नाथ ग्रुप अफ इन्डष्ट्रिजले युरो पेन्ट्स उत्पादन गर्दै आएको छ । ‘सुन्दरता र विश्वासको प्रतीक’ नाराका साथ युरो पेन्ट्सले विश्वकपमा टिमको हौसलाका लागि सहयोग र पुरस्कारको घोषणा गरिएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । युरो पेन्ट्सका विभिन्न उत्पादनहरू लोकप्रिय रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन