१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

तनहुँमा ट्यांकरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

२१ जेष्ठ २०८१, सोमबार १२:२१

जेठ २१, काठमाडौँ । तनहुँमा ट्यांकरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।

सोमबार दिउँसो २ बजेतिर व्यास नगरपालिका वडा नम्बर १ स्थित पृथ्वी राजमार्गमा दमौली तर्फ जाँदै गरेको मोटरसाइकललाई सडक निर्माण गर्न पानी हाल्दै गरेको ट्यांकरले ठक्कर दिएको हो।

बागमती प्रदेश ०१-००१ अ य ००३९ नम्बरको ट्यांकरले ग १९ ब ८३०३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक दिलिपकुमार हुमागाईंले जानकारी दिए।

दुर्घटनामा मोटरसाइकल चालक व्यास नगरपालिका वडा नम्बर १२ बस्ने २९ वर्षीय प्रविन कैनीको मृत्यु भएको हो।

उनी दमौलीतर्फ जाँदै थिए। ट्यांकरको ठक्करपछि गम्भीर घाइते भएका कैनीलाई उपचारका लागि अस्पताल लगिएको थियो। अस्पतालमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

दुर्घटनापछि राजमार्ग अवरूद्ध बनेको छ। प्रहरीले राजमार्ग खुलाउने प्रयास गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन