१५ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मेयर पटेलको संलग्नता र प्रहरीको सहयोगमा बागमती नदीमा व्यापक उत्खनन्

२२ जेष्ठ २०८१, मंगलवार ०६:११

जेठ २२, रौतहट | रौतहटको बृन्दावन नगरपालिकाका मेयर विनोदप्रसाद कुर्मीको इशारामा बागमती नदीमा व्यापक रुपमा गैरकानुनी तरिकाले उत्खनन् भइरहेको छ। तर, जिल्ला समन्वय समितिसँगै नियमनकारी निकायहरू मौन बसेका छन्।

बृन्दावन नगरपालिकास्थित बागमती नदीबाट नदीजन्य पदार्थ निकाल्ने विषयमा दुई पक्षबीच उत्पन्न विवादको कारण अवस्था तनावग्रस्त बनेको छ।

मेयर कुर्मी पक्षले नदीजन्य पदार्थ उठाउने र पूर्वमेयर रामस्नेही यादव पक्षले उठाउन नदिने पक्षमा अडान लिएको कारण विवाद हुँदा अवस्था तनावग्रस्त बनेको थियो।

इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ओमप्रकाश खनालको नेतृत्वमा सोमबार राति गएको टोलीले दुवै पक्षलाई सम्झाई-बुझाई अवस्था साम्य पारेको थियो।

दुवै पक्षबाट जम्मा भएका सयौं मानिस पटक-पटक घम्साघम्सी गर्न थालेपछि अवस्था नियन्त्रणमा लिन निकै कठिनाई भएको थियो। तर, जसोतसो सम्झाएर पठाएपछि कुनै अप्रिय घटना भएन डिएसपी खनालले जानकारी दिएका छन्।

मेयर पटेलले बागमती नदीको टेण्डर आहृवान नगरी बृन्दावन नगरपालिका-१ बलेरीस्थित बागमती नदीबाट अमानतमा आफ्ना मानिसमार्फत् नदीजन्य वस्तु निकाल्न थालेपछि विवाद उत्पन्न भएको थियो।

मेयर कुर्मीले आर्थिक लाभको लागि आफ्नै नजिकका मिनिस तथा आफन्तलाई अमानतमा बागमती नदीको ठेक्का दिएर गैरकानुनी रूपमा नदीजन्य पदार्थ निकाल्न थालेको पूर्वमेयर रामस्नेही यादवले दाबी गर्दै आएका छन्।

गत आइतबारदेखि नदीजन्य पदार्थ निकाल्न सुरू गरेपछि ठूलो संख्यामा गाउँलेहरू नदीमै पुगेर केही समय रोक लगाएका थिए।

लगत्तै मेयर कुर्मीले प्रहरीको सहयोगमा बागमतीमा पुनः उत्खनन् सुरु गरेको पूर्वमेयर यादवले आरोप लगाएका छन्।

नियमविपरीत पालिकाले बागमतीमा स्काभेटर प्रयोग गरेर टिपरबाट नदीजन्य वस्तु निकाल्न थालेको पूर्वमेयर यादवको भनाइ छ। तर, गैरकानुनी रुपमा उत्खनन् भइरहेको आरोप लागे पनि प्रहरीसमेतले मेयर पटेललाई सहयोग गरिरहेको छ।

बागमती नदी उत्खनन् नगर्न गाउँलेले पटक–पटक गरेको आग्रहविपरीत मेयर पटेलले प्रहरी परिचालन गराएर नदीजन्य पदार्थ निकाल्ने गरेको बृन्दावन नगरपालिका-१ का पूर्ववडाध्यक्ष सुबोध पटेलले गुनासो गरेका छन्। मेयर कुर्मीले सोमबार साँझ पिकनिकको निहुँमा ठूलो संख्यामा मानिस जम्मा गरेर नदी उत्खनन् गराइरहेको गाउँलेहरूले बताएका छन्।

जेठ महिनाको अन्तिम साता नदी उत्खनन् बन्द गर्ने समयमा मेयर कुर्मीले उत्खनन् गराइरहेको आरोप लागेको छ।

अनियन्त्रित रूपमा बागमती नदीमा भइरहेको उत्खननले रमौली, हरैया, समनपुरलगायत आधा दर्जन गाउँहरू जोखिममा पर्ने ठूलो खतरा रहेको गाउँलेहरूले बताएका छन्।

मेयर पटेल भन्ने सम्पर्कमा आउन चाहेनन्। उता जिल्ला समन्वय समिति रौतहटका सभापति राम अयोध्या यादवले निरीहतासँगै अनभिज्ञता प्रकट गरेका छन्। ‘गैरकानुनी रुपमा उत्खनन गर्नु हुँदैन, कारबाही गर्न हामीसँग स्रोतसाधन छैन’ भन्दै सभापति यादवले ‘के साँच्तै बागमती नदीमा अवैध उत्खनन् भइरहेको हो त?’ भन्दै उल्टै प्रश्न गरे।

पछिल्लो समय समन्वय समितिसँगै नियमनकारी निकायको मौनताको कारण बागमती, लालबकैया, चाँदी लगायतको नदीबाट व्यापक रुपमा नदीजन्य पदार्थको दोहन भएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कार्कीसँग राष्ट्रियसभा अध्यक्ष दाहालको शिष्टाचार भेट सरकारको एकीकृत वित्तीय विवरण पेस उत्तर कोरियाद्वारा क्रुज मिसाइल परीक्षण सरकार र जेनजीको सम्झौताविरुद्ध परेको रिट ‘हेर्न नभ्याइने’ स्वास्थ्य बीमाका प्रावधान सुधारका लागि गृहकार्य गरिरहेका छौँ : स्वास्थ्यमन्त्री डा गौतम आन्दोलनमा बल प्रयोगसम्बन्धी कुनै आदेश दिइएको थिएनः पूर्वगृहमन्त्री लेखक नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट युक्रेन सङ्कट समाधानमा चरणबद्ध प्रक्रिया आवश्यकः ट्रम्प गाजामा आँधीका कारण जनजीवन जोखिममा,उद्धार कार्य प्रभावित इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ उपत्यक ट्राफिक प्रहरीलाई ‘म्याजिक लाइट’ हस्तान्तरण थाइल्यान्ड–कम्बोडिया सीमा विवाद : चीनको मध्यस्थता प्रयास जसपा नेपाल र जसपाबीच एकता घोषणा नक्कली सुन दिएर पाँच लाख ठगी गर्ने गिरोह पक्राउ शान्तितर्फ युक्रेन–रुस वार्ता नजिकिएको ट्रम्पको दाबी नेकपाले सांसद र मन्त्री भइसकेकालाई समानुपातिक सूचीमा नराख्ने अधिकांश दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची आज पेस गर्दै राजनीतिमा आमूल परिवर्तन आउनुपर्छ : मन्त्री खरेल करेन्ट लागेर एक महिलाको मृत्यु डुबेर तीन वर्षीय बालकको निधन