कात्तिक १०, चितवन । चितवनको सरकारी अस्पताल भरतपुर अस्पतालले हाताभित्र आफ्नै फार्मेसी सञ्चालनमा ल्याएको छ । 

बिरामीलाई सर्वसुलभरुपमा औषधि उपलब्ध गर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक १०, चितवन । चितवनको सरकारी अस्पताल भरतपुर अस्पतालले हाताभित्र आफ्नै फार्मेसी सञ्चालनमा ल्याएको छ । 

बिरामीलाई सर्वसुलभरुपमा औषधि उपलब्ध गर"/>

2026-08-29 09:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

सरकारी अस्पतालद्वारा फार्मेसी सञ्चालन

कात्तिक १०, चितवन । चितवनको सरकारी अस्पताल भरतपुर अस्पतालले हाताभित्र आफ्नै फार्मेसी सञ्चालनमा ल्याएको छ । 

बिरामीलाई सर्वसुलभरुपमा औषधि उपलब्ध गराउने उद्देश्यले अस्पतालले फार्मेसी सञ्चालनमा ल्याएको हो । यहाँको अस्पताल बाहिर औषधि पसलमा चर्को मूल्यमा औषधि लिन बिरामी बाध्य छन् । 

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा रुद्रप्रसाद मरासिनीले बिरामीको समस्यालाई ध्यामा राखेर फार्मेसी सञ्चालनमा ल्याएको जानकारी दिनुभयो । 

स्वास्थ्य मन्त्रालयले देशभरका सरकारी अस्पतालमा आफ्नै फार्मेसी सञ्चालन गर्न निर्देशन दिएपछि अस्पतालले फार्मेसी सुरु गरेको उहाँको भनाइ छ । अस्पतालले हाललाई ४०० प्रकारका औषधि राखेर सेवा सुरु गरेको छ । आवश्यकताअनुसार औषधि थप्दै जाने मरासिनीले बताउनुभयो । 

अस्पतालले बाहिरका मेडिकलमा भन्दा सस्तो दरमा बिरामीलाई औषधि उपलब्ध गराउने जनाएको छ । “हामी छिट्टै अन्य प्रकारका औषधि पनि ल्याएर जनतालाई सर्वसुलभ तरिकाले उपलब्ध गराउँछौँ” अस्पतालका मेसु डा मरासिनीले भन्नुभयो, “सबै चुनौतीलाई पन्छाएर फार्मेसी सञ्चालनमा ल्याएका हौँ ।” 

सरकारले छ महिनाभित्रमा देशभरका हरेक सरकारी अस्पतालले आफैँले फार्मेसी सञ्चालन गर्न निर्देशन दिइसकेको छ । चितवनको भरतपुर अस्पतालले गएको एक वर्षमा विभिन्न क्षेत्रमा सेवा थपेर क्षमता विकास गर्दै आएको छ । 

आइसियु, पोस्ट अपरेटिभ वाड शल्यक्रिया कक्षलाई आधुनिक प्रविधिसहित क्षमता थपेर अस्पतालले सेवा दिन थालेको यसअघिका अस्पतालका अध्यक्ष विजय सुवेदीले जानकारी दिनुभयो । 

अस्पतालमा १० वटा ठूला भवन निर्माण भएपछि क्षमता विस्तार गरिएको हो । अस्पतालले शवगृह निर्माण गरेर समेत विगतको सास्तीलाई कम गरेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने