१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ९ जना पक्राउ

२३ जेष्ठ २०८१, बुधबार ११:२०

जेठ २३, काठमाडौँ ।  काठमाडौं महानगरपालिका-२६ म्हैपी पुलस्थित सेलिन सेफाली खाजा घरबाट अवैध लागूऔषध ट्रामाडोल २ हजार २ सय ९० ट्याब्लेट, ८ हजार रूपैयाँ र २ थान मोइबाइलसहित खाजा घरका संचालक पाँचथर फिदिम नगरपालिका-७ घर भएकी ३८ वर्षीया निर्मला योङ्हाङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

यसैगरी काठमाडौं मित्रनगरस्थित किराना पसलबाट अवैध लागूऔषध ट्रामाडोल ४ हजार ५ सय १० ट्याब्लेट, १७ हजार रूपैयाँ र २ थान मोबाइलसहित उक्त पसलका संचालक गोरखा बारपाक सुलिकोट गाउँपालिका-६ घर भएकी २८ वर्षीया शान्ता वस्ती र सोही ठाउँ बस्ने ३२ वर्षीया सुस्मा कुँवरलाई समेत मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर टेकु र प्रहरी प्रभाग नयाँबसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

झापा, बिर्तामोड नगरपालिका-५ बिर्तामोड शनिश्‍चरेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम ९ सय २० मिलिग्रामसहित अर्जुनधारा नगरपालिका-६ घर बस्ने २७ वर्षीय महमद रेहानलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले  मे.६ प १८८५ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

सुनसरी, भोक्राहा नरसिंह गाउँपालिका-६ ढलान रोडबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ ग्राम २३ मिलिग्रामसहित धनकुटा, धनकुटा नगरपालिका-२ भिरगाउँ बस्ने २० वर्षीय बुद्धिमान राई र २१ वर्षीय रबिन लिम्बुलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय लौकाहीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.१३ प ८४८६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलको सिटमुनि लुकाई छिपाई राखेको उक्त पदार्थ फेला पारी मोटरसाइकलमा सवार दुवै जनालाई पक्राउ गरेको हो ।  

बर्दिया, गुलरिया नगरपालिका-११ गणेशपुरस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ९० मिलिग्रामसहित मधुबन नगरपालिका-७ ताराताल बस्ने २४ वर्षीय अजय सुनारलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी महमदपुर र जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

बाँके, खजुरा गाउँपालिका-२ पुलचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय मिलिग्रामसहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २१ वर्षीय बिवस खनाल र सोही गाउँपालिका-१ बस्ने २७ वर्षीय आकाश थापा रहेका छन् । प्रहरी चौकी राधापुरबाट खटिएको प्रहरीले सोही ठाउँस्थित कृष्ण लाल जैसीको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । साथै घटनामा संलग्न हाल फरार जैसीको प्रहरीले खोजी गरिरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन