१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

विद्यार्थीले फलाएको धान दिइए दान

२४ जेष्ठ २०८१, बिहीबार ०६:५९

जेठ २४, भक्तपुर । स्कुले बालबालिकाहरुले कृषि कर्म बुझ्नका लागि रोपेको धानबाट उत्पादित चामल एक कार्यक्रमवीच मुनि विहार भक्तपुरलाई दान दिइएको छ । भक्तपुर नगरपालिका वडा नं ७ इनाचोस्थित मुनि विहारमा पुगेर विद्यार्थीले चार वोरा (एक क्विन्टल अर्थात् एक सय केजी) चामल मुनि विहारमा पुगेर दान गरेका हुन् । 

यसअघि ती विद्यार्थीले गतवर्ष धान रोप्नका लागि खेतमा विउ हालेका थिए । त्यसपछि उनीहरुले असार १५ मा धान रोपेका थिए । रोपेका धानलाई उनीहरुले नै गोडमेल गरेका थिए । त्यसपछि मंसिरमा विद्यार्थीकै सक्रियतामा धान काटिएको थियो । काटिएको धानबाट चिउरा कुटर उनीहरुले असार १५ मा दही चिउरा खाएका थिए । दही चिउरा खाएर बाँंकी रहेको धानलाई मिलबाट कुटेर ल्याई बाँंधी भएको चार वोरा चामल उनीहरुले मुनि विहारलाई दान दिएका थिए । 

जिल्लाको एभरेस्ट स्कुलमा हाल कक्षा ५ मा पढ्दै गरेका विद्यार्थीले दान दिएका हुन् । हाल ५ कक्षा पढिरहेका उनीहरुले धान काट्नेसम्मको काम चार कक्षामा हुँंदा गरेका थिए । उनीहरुले चामल दान बाहेकको सवै काम कक्षा ४ मै गरेका थिए । चामल दान मात्रै कक्षा ५ पुग्दा पुगेको हो । 

विद्यार्थीसँंगै दान गर्न मुनि विहार भक्तपुर पुगेकी स्कुलकी शिक्षिका मञ्जु खड्काले कक्षा ४ मा हुँंदा रोपको धान फलाएर आएको चामल हस्तान्तरण गर्न हाल कक्षा ५ का विद्यार्थी आएको सुनाइन् । हस्तान्तरण कार्यक्रममा सांकेतिक प्रतिनिधित्वका रुपमा क्लास क्याप्टेन र हाउस क्याप्टेनहरुलाई मात्रै ल्याइएको उनले सुनाइन् । कार्यक्रममा चार जना छात्रा र ६ जना छात्र गरी कुल १० जना विद्यार्थी, दुई शिक्षिका र दुईजना स्कुलका कर्मचारीहरु सहयोगका लागि मुनि विहार पुगेका थिए । वालबालिका र चामल स्कुल बसबाट त्यहाँं ल्याइएको थियो । सहभागी एकजना छात्रा निहासा प्रधानांगले स्कुलको गतिविधिबाट आफूहरुलाई जीवन बुझ्न सहज भएको भन्दै खुशी साटिन् । अर्का छात्र विमोचन वस्नेतले आफूहरुले धान रोपाई गरी फलाउँदाको अनुभब साटे ।  

स्कुलका प्रिन्सिपल भक्त राजभण्डारीले विद्यार्थीलाई कृषि कर्म सिकाउन प्रत्येक वर्ष कक्षा ४ का विद्यार्थीले स्कुल नजिकैको खेतमा धानको विउ राख्नेदेखि काटेर थन्काउनेसम्मको काम गराउने गरेको जानकारी गराए । उनीहरुबाटै उत्पादित धानको चामल दानको महत्व बुझाउन उनीहरुमार्फत् नै भिक्षुहरुलाई दान गर्ने गराएको उनले सुनाए । यो सवै कामलाई स्कुलले सहगोग गर्ने उनले बताए । 

चामल दान वुझ्दै मुनि विहार भक्तपुरका भिक्षु दीपक भन्तेले यो कार्यक्रमबाट विद्यार्थीले सत्चरित्र पाउने विश्वास व्यक्त गरे । त्यस अवसरमा विद्यार्थीलाई चोरी ठगी नगर्नू, प्राणी हिंसा नगर्नेलगायतका बुद्ध वचनलाई पाठ गर्न दिइएको थियो ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन