2026-09-08 12:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

राष्ट्रिय औंद्योगिक ब्यापार मेला सकियो, ११ दिनमा साँढे ४५ करोडको कारोबार

चैत १,
मकवानपुर /
मकवानपुर उद्योग बाणिज्य संघको आयोजनामा फागुन २० गते विहीबारदेखि जारी राष्ट्रिय
औद्योगिक ब्यापार मेलाको एघारौं दिन अर्थराज्य मन्त्री दामोदर भण्डारीको प्रमूख आथित्यतामा विविध
कार्यक्रम गरेर समापन गरिएको छ ।

समापन कार्यक्रममा
मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष तथा मेला संयोजक राजकुमार न्यौपानेले ११ दिनसम्ममा ४५ करोड ४७
लाख २० हजारको कारोबार भएको बताउनुभएको छ । आजसम्म ४ लाख ११ हजार ९ सय ७४ जनाले मेला अवलोकन गरेको
अध्यक्ष तथा मेला संयोजक न्यौपानेले जानकारी दिनुभयो । अध्यक्ष तथा मेला संयोजक न्यौपानेले मेला
सौहार्दरुपमा सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्ण सरोकारवालाहरुलाई धन्यवाद ब्यक्त गर्नुभएको छ

समापनको दिन आज आइतबार मात्रै ५ करोड ३ लाख १४ हजार ७ सय
र मेला २९ हजार २ सय २२ जनाले दर्शकहरुले अवलोकन गरेको मकवानपुर उद्योग वाणिज्य संघ मकवानपुरका महासचिव
महेन्द्र राउतले बताउनुभयो । समापन कार्यक्रम कृषि प्रदर्शनी उत्कृष्टहरुलाई विविध विधामा पुरस्कृत
गरिएको छ भने हेटौंडा आइडलमा प्रथम, द्वितिय र तृतियलाई नगद तथा प्रमाणपत्र वितरण गरिएको थियो

कार्यक्रममा नेकपा एमालेका क्षेत्र नम्बर ३ का सांसद अनन्त पौडेल, नेपाली काँग्रेसका माइकल
रामचन्द्र अर्याल, एनेकपा माओवादीका प्रेमबहादुर पुलामी, राप्रपा नेपालका नवराज विष्ट, नयाशक्ति
मकवानपुरका संयोजक प्रल्हाद लामिछाने, प्रमुख जिल्ला अधिकारी मानबहादुर विश्वकर्मा, नयाँ सबुज गण
सुपारेटारका गणपति प्रमुख सेनानी अमरसिं थापा, स्थानी विकास अधिकारीलक्ष्मण विक्रम थापा, हेटौंडा
उपमहानगरपालिकाका कार्यकारी अधिकृत शंकरप्रसाद उपाध्याय, प्रहरी उपरिक्षक मिरा चौधरीलगायतको उपस्थिति
रहेको थियो ।

त्यस्तै आज आईतबार चर्चित राष्ट्रिय
हास्यकलाकार शिवहरि नेपाल बैरागी (सभासद्) र देवीराम पराजुली (भोकलाग्यो) ले विभिन्न हास्यब्यङ्ग्यले
दर्शकहरुलाई पेट मिचिमिचि हँसाएका थिए । त्यस्तै चर्चित राष्ट्रिय गायिका इन्दिरा जोशीको लोकप्रिय तथा
कर्णप्रिय गीतहरुमा दर्शकहरु मन्त्रमुग्ध भएर सुनिरहेका देखिन्थे । त्यस्तै चर्चित डान्सर सालु गौतमको
डान्समा दर्शकहरु पनि संगै नाचिरहेका देखिन्थे ।

मेलामा
हेटौंडा अस्पतालले ७८ जनालाई निःशुल्क सेवा दिएको छ । २८ जनाको प्राथमिक उपचार, ३५ जनाको ब्लडप्रेसर र
१५ जनालाई औषधी वितरण गरेको हेटौंडा अस्पतालकी अहेव बिमला केसीले बताउनुभयो । त्यस्तै चुरेहिल अस्पताल
प्रालि र नेपाल रेडक्रस सोसाईटीले हजारौंको साधारण चेकअप, औषधी वितरण र ब्लडप्रेसर चेकजाँच गरेको छ ।
जिल्ला कृषि कार्यालयले जिल्लामा उत्पादन विभिन्न कृषि उपजहरु प्रदर्शनीमा राखिएको थियो । मेलामा
सूचनाप्रविधि सम्बन्धी विभिन्न मोवाइल, कम्प्युटर र इन्टरनेटसम्बन्धी सामाग्रीहरु प्रदर्शनीमा राखिएको
उद्योग वाणिज्य संघका महासचिव तथा प्रवक्ता महेन्द्र राउतले बताउनुभयो ।


मेलाको आकर्षणको रुपमा एनिमेट्रोनिक डाइनोसर, माँ बैष्णव मन्दिर, बालउद्दान, चिडियाखाना,
अटोको प्रदर्शनी, खानाका विभिन्न परिकारका साथै अटो, हर्वल, महिला उद्दमी, घरेलु, रेडिमेड, विभिन्न
बैंकको बैकिंङ सेवा, आइस्क्रिमका साथै कृषि कार्यालयले जिउँदो माछा तथा कृषि उत्पादनहरु प्रदर्शनीका
लागि राखिएको छ भने खानाका नौलो परिकार चाख्नेहरुको पनि भीड उत्तिकै रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल