१४ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

वीरगंजमा बन्न लागेको प्रकृतिक चिडियाखानाको घेराबार गर्ने काम ६० प्रतिशत सकियो

२६ जेष्ठ २०८१, शनिबार ०५:२७

जेठ २६, विरगंज | वीरगंजमा बन्न लागेको प्रकृतिक चिडियाखानाको घेराबार गर्ने काम तिब्र रुपमा अघि बढेको छ । ५० हेक्टर क्षेत्रफल ओगट्ने यस चिडियाखानाको सीमांकन तथा त्यसमा घेराबार गर्ने काम करिब ६० प्रतिशत सकिएको पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडाले जानकारी दिनुभयो । 'अहिले सम्म घेराबार गर्ने काम करिब ६० प्रतिशत सम्पन्न भएको छ, उहाले भन्नुभयो, बाकी घेराबार गर्ने काम पनि भइरहेको र केही स्थानमा भने ब्यक्तिहरुले कब्जा गरिराखेकाले त्यो अतिक्रमण हटाउनु पर्ने देखिएको छ ।'

निकुन्जले शुक्रबारा वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहको अध्यक्षतामा बैठक राखेर चिडियाखानाको सीमाभित्र पर्ने अतिक्रमण हटाउने विषयमा सरोकारवालाहरुसँग छलफल गरेको छ । बैठकले चिडियाखासनाको पेरिमिटरमा भएको अतिक्रमण हटाउन सार्वजनिक सूचनामार्फत आह्वान गर्ने र अटेर गरे नियमानुसार खाली गराउने निर्णय गरेको छ ।

यस्तै सीमांकनका लागि सार्वजनिक र निजी आवादी जग्गा छुट्याउन नापी कार्यालयलाई अनुरोध समेत गर्ने निर्णय गरेको छ । महानगर प्रमुख सिंहको नेतृत्वमा सरोकारवालाहरुको टोलीले चिडियाखानाको घेराबारको काम अनुगमन गर्ने र अनुगमन पछि आएको सुझाव अनुसार बांकि प्रकृया समेत अघि बढाउने निर्णय पनि भएको छ ।

बैठकमा महानगर प्रमुख सिंहले प्रकृतिक यहाँका नागरिक चिडियाखाना निर्माणको व्यग्र प्रतिक्षामा रहेकाले यसको निर्माण कार्य कुनै पनि बहानामा ढिलाई हुन नहुने बताउनु भयो । साथै उहाँले चिडियाखानाको पेरिमिटरमा पर्ने अतिक्रमण सबैको समन्वयमा हटाउन महानगर लागि पर्ने पनि बताउनु भयो । बैठकमा सहायक प्रमुख जिल्ला अधिकारी सानुबाबु अधिकारीले चिडियाखाना निर्माणको काम महत्वपूर्ण रहेकाले कतैबाट पनि अवरोध नआउने गरि सबैसँग समन्वय गरेर काम गर्नुपर्ने बताउनु भयो ।

बैठकमा नेपाली सेनाका प्रमुख सेनानी डायमण्ड कार्की, ससस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, प्रहरी नायव उपरीक्षक केशर कुमार न्यौपाने, डिभिजन बन कार्यालय पर्साका प्रमुख सुनिल कुमार कर्ण, नापी कार्यालय पर्साका प्रमुख नापी अधिकृत राकेश कुमार झा, सबैया साझेदारी बन व्यवस्थापन समुहका अध्यक्ष लखनलाल साह, वडा नम्बर ३१ का वडा अध्यक्ष जितेन्द्र यादब, ३२ का रियाज अहमद लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कार्कीसँग राष्ट्रियसभा अध्यक्ष दाहालको शिष्टाचार भेट सरकारको एकीकृत वित्तीय विवरण पेस उत्तर कोरियाद्वारा क्रुज मिसाइल परीक्षण सरकार र जेनजीको सम्झौताविरुद्ध परेको रिट ‘हेर्न नभ्याइने’ स्वास्थ्य बीमाका प्रावधान सुधारका लागि गृहकार्य गरिरहेका छौँ : स्वास्थ्यमन्त्री डा गौतम आन्दोलनमा बल प्रयोगसम्बन्धी कुनै आदेश दिइएको थिएनः पूर्वगृहमन्त्री लेखक नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट युक्रेन सङ्कट समाधानमा चरणबद्ध प्रक्रिया आवश्यकः ट्रम्प गाजामा आँधीका कारण जनजीवन जोखिममा,उद्धार कार्य प्रभावित इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ उपत्यक ट्राफिक प्रहरीलाई ‘म्याजिक लाइट’ हस्तान्तरण थाइल्यान्ड–कम्बोडिया सीमा विवाद : चीनको मध्यस्थता प्रयास जसपा नेपाल र जसपाबीच एकता घोषणा नक्कली सुन दिएर पाँच लाख ठगी गर्ने गिरोह पक्राउ शान्तितर्फ युक्रेन–रुस वार्ता नजिकिएको ट्रम्पको दाबी नेकपाले सांसद र मन्त्री भइसकेकालाई समानुपातिक सूचीमा नराख्ने अधिकांश दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची आज पेस गर्दै राजनीतिमा आमूल परिवर्तन आउनुपर्छ : मन्त्री खरेल करेन्ट लागेर एक महिलाको मृत्यु डुबेर तीन वर्षीय बालकको निधन