१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

हाँडीगाउँमा हरेक शुक्रबार कार फ्री डे

२६ जेष्ठ २०८१, शनिबार ०८:१२

जेठ २६, काठमाडौँ । सहरी वातावरण सुधारका लागि सवारी साधनबाट उत्सर्जन हुने प्रदूषक तत्त्वमा कमी ल्याउन झन्डै एक वर्ष देखि प्रत्येक शुक्रवार हाँडीगाउँमा गाडीरहित दिन (कार फ्री डे) मनाइँदै आइएको छ ।

हाँडीगाउँ गुरुयोजनाअन्तर्गत सुधारका क्षेत्रमध्ये वातावरणीय सुधारका लागि दथु टोल कृष्ण मन्दिर, डवली चोक हुँदै कोटालटोल भवरकुँसम्म सडक खण्डमा सवारी प्रवेश निषेध गरिएको छ । 

यस क्षेत्रमा दिउँसो २ बजेदेखि बेलुका ८ बजेसम्म सवारी साधन प्रवेशमा रोक लगाइएको थियो । यस क्षेत्र भएर गुड्ने सवारी साधनलाई धोवीखोला कोरिडोर, गहना पोखरीबाट वडा कार्यालयतर्फको भित्री सडकको प्रयोग गर्ने व्यवस्था मिलाइएको छ ।

यस क्षेत्रको पुनर्स्थापनाको गुरुयोजना बनाइसकेको बताउदै महानगरले सुधारका लागि मध्यकालीन र दीर्घकालीन योजना पनि बनाएको बताएको छ ।

हाँडीगाउँलाई पूर्व लिच्छवि, बर्मा तथा लिच्छवि कालको संस्कृति र सम्पदाको लागि सर्वाधिक प्राचीन स्थानको रूपमा लिइन्छ । यहाँ भएका सत्यनारायण परिसरमा प्राचीन बस्ती र पूर्व लिच्छवि कालका मन्दिरहरू भएको प्रमाण पाइन्छ । इसा पूर्व दोस्रो शताब्दीका पुरातात्त्विक अवशेष र अन्य सम्पदा भवनहरूको जग यसै क्षेत्रमा मात्र छन् । 

हाँडीगाउँको यो लिच्छविकालीन इतिहासलाई त्यही कालको झल्को दिने खालका अवस्थितिमा रूपान्तरणका कामको थालनी गुरुयोजनाको लक्ष्य हो ।

कार फ्री डे र सडक महोत्सव यसको एउटा कार्यक्रम हो । यो कार्यक्रमलाई निरन्तर चलाउने महानगरको योजना रहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन