१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

प्रहरीको आँखा अगाडी खुलेआम वालविवाह, प्रशासन मौन

२७ जेष्ठ २०८१, आईतवार ०९:१३

जेठ २७, महोत्तरी | महोत्तरीको बर्दिवासमा प्रशासनको आँखा नै अगाडी खुलेआम वालविवाह भएको छ ।

बर्दिवासस्थित वडा नं १२ को बिजलापुरामा कानुनलाई समेत चुनौती दिदै प्रहरीको आँखा अगाडी वालविवाह भएको हो ।

कानुनले बर्जित गरेको वालविवाहमा प्रहरी आफै प्रत्यक्षदर्शी वन्दा पनि रोक्न नसकेको स्थानियहरुले आरोप लगाएका छन ।

जन्मदर्ता अनुसार केटीको उमेर १६ बर्ष ६ महिनामात्र देखिएको छ भने केटाको उमेर २० भन्दा बढी भएको अभिभावकहरुले वताए ।

केटीका वुवा हकिम बैठाले आफ्नी छोरीलाई ललाई-फकाई प्रलोभनमा पारेर केटाले भगाएको भन्दै दुई हप्ता अगाडी ईलाका प्रहरी कार्यालय बर्दिवासमा उजुरी समेत दिएका थिए ।

अभिभावकहरुको उपस्थितिमा केटा र केटीलाई आफ-आफ्ना घर फर्काउने सहमति भएर छाडेको प्रहरी कार्यालयको भनाई छ तर २७ जेठमा एकाएक गाँउमा अभिभावकहरुमा सहमति वनेर मुस्लिम संस्कारअनुसार विवाह भएको स्थानीय हरदेव महतोले बताए ।

विवाह हुने गाँउभरी हल्ला चलेपछि स्थानियहरुले प्रहरीलाई खवर गर्दा पनि उनीहरु घटनास्थलमा नआएको स्थानियहरुको गुनासो छ । तर प्रहरीले भने यो बिषयमा जानकारी नभएको दावी गरेको छ ।

केटा र केटीका अभिभावक निर महम्मद बैठा र हकिम बैठालाई सहमति गराएर विवाह नगराउने सर्तमा छाडेको तर कानुनविपरित विवाह भएको रहेछ भने कानुनीरुपमा नै उपचार खोज्ने इलाका प्रहरी कार्यालय प्रमुख रेवतीरमण पोखरेलले वताए ।

स्थानीय जनप्रतिनिधि तथा वडा अध्यक्ष रामकिशोर साहले पनि वालविवाह भएको स्वीकार गरेका छन । 'स्थानियहरुले मलाई पनि फोन गरेर जानकारी गराएका छन ।' अध्यक्ष साहले भने । 'रातारात मौलीको सहमतिमा विवाह भएको र भोज पनि खाएको सुनेको छु, म आफै त्याँहा जादै छु ।'

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन