२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

प्रहरीको आँखा अगाडी खुलेआम वालविवाह, प्रशासन मौन

२०८१, २७ जेष्ठ आईतवार ०९:१३

जेठ २७, महोत्तरी | महोत्तरीको बर्दिवासमा प्रशासनको आँखा नै अगाडी खुलेआम वालविवाह भएको छ ।

बर्दिवासस्थित वडा नं १२ को बिजलापुरामा कानुनलाई समेत चुनौती दिदै प्रहरीको आँखा अगाडी वालविवाह भएको हो ।

कानुनले बर्जित गरेको वालविवाहमा प्रहरी आफै प्रत्यक्षदर्शी वन्दा पनि रोक्न नसकेको स्थानियहरुले आरोप लगाएका छन ।

जन्मदर्ता अनुसार केटीको उमेर १६ बर्ष ६ महिनामात्र देखिएको छ भने केटाको उमेर २० भन्दा बढी भएको अभिभावकहरुले वताए ।

केटीका वुवा हकिम बैठाले आफ्नी छोरीलाई ललाई-फकाई प्रलोभनमा पारेर केटाले भगाएको भन्दै दुई हप्ता अगाडी ईलाका प्रहरी कार्यालय बर्दिवासमा उजुरी समेत दिएका थिए ।

अभिभावकहरुको उपस्थितिमा केटा र केटीलाई आफ-आफ्ना घर फर्काउने सहमति भएर छाडेको प्रहरी कार्यालयको भनाई छ तर २७ जेठमा एकाएक गाँउमा अभिभावकहरुमा सहमति वनेर मुस्लिम संस्कारअनुसार विवाह भएको स्थानीय हरदेव महतोले बताए ।

विवाह हुने गाँउभरी हल्ला चलेपछि स्थानियहरुले प्रहरीलाई खवर गर्दा पनि उनीहरु घटनास्थलमा नआएको स्थानियहरुको गुनासो छ । तर प्रहरीले भने यो बिषयमा जानकारी नभएको दावी गरेको छ ।

केटा र केटीका अभिभावक निर महम्मद बैठा र हकिम बैठालाई सहमति गराएर विवाह नगराउने सर्तमा छाडेको तर कानुनविपरित विवाह भएको रहेछ भने कानुनीरुपमा नै उपचार खोज्ने इलाका प्रहरी कार्यालय प्रमुख रेवतीरमण पोखरेलले वताए ।

स्थानीय जनप्रतिनिधि तथा वडा अध्यक्ष रामकिशोर साहले पनि वालविवाह भएको स्वीकार गरेका छन । 'स्थानियहरुले मलाई पनि फोन गरेर जानकारी गराएका छन ।' अध्यक्ष साहले भने । 'रातारात मौलीको सहमतिमा विवाह भएको र भोज पनि खाएको सुनेको छु, म आफै त्याँहा जादै छु ।'

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह