गजुरीबाट हराएका किशोरको शव त्रिशूलीमा फेला

Posted on: 09 Jun, 2024

जेठ २७, काठमाडौँ । धादिङको गजुरी गाउँपालिका–५ स्थित घाटवेशीबाट हराएका १५ वर्षीय किशोरको शव  त्रिशूली नदीमा फेला परेको छ  | त्रिशूली नदीको २० फिट गहिराइबाट युनिक सुवेदीको शव निकालिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले बताए । 

जेठ २६ गतेमा घाटवेशीबाट १५ वर्षीय सुवेदी र १३ वर्षीय रिदम कोइराला हराएका थिए । सशस्त्र प्रहरी बलको गोताखोर टोलीले सुवेदीको शव त्रिशूली नदीबाट निकालेको हो । भने रिदम कोइरालाको अवस्था अझै अज्ञात छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!