१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

तत्कालीन प्रधानाध्यापकसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

३० जेष्ठ २०८१, बुधबार ११:३९

जेठ ३०, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संखुवासभाको शारदा माध्यमिक विद्यालय हुम्लिङ्गका तत्कालीन प्रधानाध्यापक कृष्णहरी भट्टराई , विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपालकुमार अधिकारीसमेत चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले गैर कानुनी लाभ तथा हानी पुर्‍याइ एवं सार्वजनिक सम्पत्ति हानीनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा प्रधानाध्यापक भट्टराईसहित चारजनाविरुद्ध आज विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको जनाएको हो ।

आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार संखुवासभा धर्मदेवी नगरपालिका-४ मा रहेको शारदा माध्यमिक विद्यालयको खानेपानी आपूर्तिको लागि प्रदेश-१ बाट आर्थिक वर्ष २०७५/०७६ मा विनियोजन भएको रकम र पुस्तकालय व्यवस्थापनका लागि आर्थिक वर्ष २०७४/०७५ मा जिल्ला शिक्षा कार्यालयबाट निकासा भएको रकमबाट कुनै पनि कामको सुरुवात नै नगरी बिल भरपाइ मिलाइ रकम अनियमितता गरेको पुष्टि हुन आएकाले तत्कालीन प्रधानाध्यापक भट्टराई,शिक्षक लालबाबु मण्डल,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल अधिकारी र शाक्य अफसेट प्रेसका प्रोपाइटर केशव कुमार शाक्यविरुद्ध आरोप पत्र दायर भएको छ ।

अख्तियारले प्रधानाध्यापक भट्टराईलाई ४ लाख ६० हजार ४५५,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अधिकरीलाई ३ लाख ४३ हजार,तत्कालीन शिक्षक मण्डललाई ३ लाख ३४ हजार र शाक्य अफसेट प्रेसका प्रोप्राइटर शाक्यलाई ४ लाख १० हजार ४५५ रुपैयाँ बिगो र सजाय माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन