१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

उधमशिल वनाउने प्रयास असफल बनिरहेको छ : जनप्रतिनिधि

१ असार २०८१, शनिबार ०५:१९

असार १, महोत्तरी | जनप्रतिनिधिहरुले जनतालाई उधमसिल वनाउने प्रयास असफल भएको वताएका छन ।

सामुदायिक विकास तथा पैरवी मंच नेपाल र इसिमोडको आयोजनामा शुक्रबार जनप्रतिनिधिहरुविच भएको अन्तर्कृयामा सीप सिकाएर पनि उधमसिल वनाउन नसकिएको गुनासो गरेका हुन ।

भंगाहा नगरपालिकाका नगरप्रमुख सन्जिव साहले सर्वसाधारणहरुलाई हरेक हिसावले उधमशिल वनाई आत्मनिर्भर वनाउने योजना महत्वपूर्ण भएतापनी  लाभान्वित गर्न नसकिएको स्विकार गरे ।

`हामीले महिला र पुरुषका लागि छुट्टाछुट्टै सीप विकासका कामहरुलाई निरन्तरता दिदै आएका छौ ।´ नगरप्रमुख साहले भने । `तर तालिम लिएको भोलिपल्टवाट नै त्यो सकिन्छ, व्यवहारमा उतारेको र आर्थिक उपार्जनमा जोडेको कम नै देखिन्छ  ।´

सिपलाई व्यवहारमा उतारी स्थानिय उत्पादनलाई प्रातमिकता दिने हो भने पर्ययकिय हिसावले समेत पर्वद्वन हुने जिकिर गर्दै गैरसरकारी संस्थाहरुले स्थानिय सरकारसँग सहकार्य गरेर योजना वनाउनुपर्नेमा उनिहरुले जोड दिएका छन ।

इसिमोडका सहजकर्ता सिजन श्रेष्ठले महिला तथा गृहणीहरुलाई उधमशिल वनाउन नयाँ ढंगले अगाडि बढनुपर्ने वताउदै सप्तरी, धनुषा र महोत्तरीमा फरक कार्ययोजनना वनाईरहेको वताए ।

वासवाट ब्रस, धुप र स्थानिय वस्तुहरुलाई पर्वद्वन गर्ने अभियान अन्तर्गत बजारको समेत सुनिश्चितता गरेर सारिरिकरुपमा आशक्त र महिलाहरुलाई सहभागी गराईरहेको उन्को भनाई छ ।

हाईग्रीड परियोजना अन्तर्गत बाढी पुर्व सुचनामा समेत काम गरिरहेको इसिमोडले सामुदायिक विकास तथा पैरवी मंचको साझेदारीमा महोत्तरीमा विपन्नहरुलाई आत्मनिर्भर वनाउन विभिन्न काम गरिरहेको छ ।

सामुदायिक विकास तथा पैरवी मंचका अध्यक्ष नागदेव यादवले नगरका टोल र बस्तिहरुलाई उधमशिल वनाएर आर्थिक आधार तयार गर्नुपर्ने सुझाव दिए ।

जनकपुर उपमहानगरपालिका, मिथिला नगरपालिका, बर्दिवास नगरपालिका र भंगाहा नगरपालिकाका योजना प्रमुख,प्रमुख प्रशासकिय अधिकृत, उपमेयर र नगरप्रमुखहरुको उपस्थितिमा भएको उक्त अन्तर्कृयामा सहभागीहरुले तालिमको नाममा खर्च मात्र भएको वताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन