ललितपुरको जावलाखेलमा अर्धबेहोस भेटिएका श्रीमान्–श्रीमतीको मृत्यु

Posted on: 15 Jun, 2024

असार १, काठमाडौं । ललितपुरको जावलाखेलमा अर्धबेहोस अवस्थामा भेटिएका श्रीमान्–श्रीमतीको मृत्यु भएको छ । दुवै जना शुक्रबार राति साढे ८ बजे आफ्नै कोठामा अर्धबेहोस अवस्थामा फेला परेपछि प्रहरीले उपचारको लागि पाटन अस्पताल पुर्‍याएको थियो । चिकित्सकले दुवै जनालाई हिजो राति ९:२७ मा मृत घोषणा गरेको प्रहरीले जनाएको छ । 

मृत्यु हुनेमा सिन्धुपाल्चोक घर भई  जावलाखेल बस्ने २५ वर्षीय उमेश सेन्चुरी र उनकी श्रीमति २५ वर्षकै रेणु सेन्चुरी रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहररू नवविवाहित जोडी हुन् । घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!