१३ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

लाठीले हानेर क्रूरतापूर्वक कुकुर मारेको आरोपमा तीन पक्राउ

३ असार २०८१, सोमबार १०:२३

असार ३, काठमाडौँ । कुकुरलाई लाठीले हानेर क्रूरतापूर्वक मारेको आरोपमा प्रहरीले इलामका तीन जनालाई पक्रेको छ।

इलामको देउमाई नगरपालिका-९, जितपुरबाट २१ वर्षे दीक्षान्त मोरोहाङ लिम्बू, त्यहीँका १७ वर्षे संगम लिम्बू र १७ वर्षे अशोक लिम्बूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।


उनीहरूले पटक–पटक लाठीले हानेर कुकुर मारी खाडलमा पुरेर त्यसको भिडियो सामाजिक सञ्जालमा हालेको प्रहरीको भनाइ छ।

गत जेठ ३२ गते उनीहरूले कुकुर मारेर पुरेको भिडियो फेसबुकमा हालेका थिए। ‘सुगम मोराहाङ लिम्बू’ र ‘भूत प्रेत’ एकाउन्टबाट यो भिडियो सार्वजनिक भएको थियो।

यो घटना सामाजिक सञ्जालमा देखेपछि पशपंक्षी कल्याण संघले जिल्ला प्रहरी कार्यालयमा जाहेरसमेत दर्ता गरेको छ। पक्राउ परेकाहरूविरुद्ध ‘पशुपंक्षीसम्बन्धी कसुर’ अन्तर्गत जाहेरी परेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल