२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

इजरायलका प्रधानमन्त्री नेतन्याहुले विघटन गरे युद्ध क्याबिनेट

२०८१, ३ असार सोमबार १२:३०

असार ३, काठमाडौँ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले ६ सदस्यीय युद्ध क्याबिनेट विघटन गरेका छन् ।

बेन्नी गान्ट्ज र गाडी इसेनकोटले एक साताअघि युद्ध क्याबिनेटबाट आफूलाई अलग गरपछि प्रधानमन्त्री नेतान्याहूले युद्ध क्याबिनेटको विघटन गरेको सिएनएनले जनाएको छ ।

यी दुई युद्ध क्याबिनेटबाट अलग भएको करिब एक हप्तापछि नेतान्याहुले युद्ध मन्त्रिपरिषद् विघटन गरेका छन् । इजरायली मिडिया रिपोर्टका अनुसार गाजामा हमाससँग जारी युद्ध जस्ता संवेदनशील मुद्दाहरू अब एउटा सानो प्लेटफर्ममा छलफल गरिनेछ ।


मन्त्रिपरिषद्मा अति दक्षिणपन्थी सहयोगीहरूको माग बमोजिम युद्ध मन्त्रिपरिषद्को विघटन गरेको रिपोर्टमा बताइएको छ । युद्ध क्याबिनेटमा नेतान्याहूको आलोचना बढेपछि उनको समस्यालाई निरन्तर बढाइरहेको थियो । यति मात्र होइन, ती मागका कारण अमेरिकालगायत अन्य अन्तर्राष्ट्रिय सहयोगीहरूसँग इजरायलको सम्बन्ध पनि तनावपूर्ण हुन सक्ने देखिएको थियो ।

यसैबीच इजरायली सेनाले यो निर्णयले आफ्नो कार्यमा असर नपर्ने बताएको छ । बेनी गान्ट्ज र गाडी इसेनकोटले गाजामा तनाव अन्त्य गर्ने नेतान्याहूसँग कुनै योजना नभएको आरोप लगाउँदै युद्ध मन्त्रिपरिषद्बाट राजीनामा दिएका थिए ।

अक्टोबर ७ मा हमासको आक्रमणपछि नेतान्याहुले युद्ध मन्त्रीमण्डल गठन गरेका थिए । युद्ध मन्त्रिपरिषद्मा दुई पूर्व सेना प्रमुख पनि सदस्य बनेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई