१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

छाउगोठमा किशोरी बलात्कृत, मामा नाता पर्ने पक्राउ

५ असार २०८१, बुधबार ०६:१२

असार ५,  कैलाली । अछामको एक किशोरी छाउगोठमा बलात्कृत भएकी छन् । जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–२ मा १६ वर्षीया किशोरी सोमबार मध्यराति बलात्कृत भएको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ ।

अछामको पञ्चदेवल विनायक नगरपालिका–२ मा मामाघरमा बसेर पढिरहेकी  १६ वर्षीया ती किशोरी महिनावारी भएपछि छाउगोठमा बसेकी थिइन् ।

अछामका प्रहरी प्रमुख डिएसपी सन्तोष पाठकले प्रारम्भिक अनुसन्धानबाट मामा नाता पर्नेबाट किशोरी बलात्कृत भएको बताए । आरोपित १७ वर्षीय किशोरलाई पनि पक्राउ गरिसकिएको उनले जानकारी दिए ।


छाउगोठमा बसेकी ती युवती राति २ बजे पिसाव फेर्न छाउगोठ बाहिर निस्केको बेला बलात्कारमा परेको प्रहरीले जनाएको छ । उनलाई बेहोस भएको अवस्थामा प्रहरीले उद्धार गरेको थियो । झण्डै १२ घण्टा बेहोस भएकी उनले होस खुलेपछि आफूमाथि भएको घटना प्रहरीलाई सविस्तार सुनाएकी थिइन् । मंगलबार दिउँसो साढे १२ बजे उद्धार गरेर अस्पताल पु-याइएकोमा दिउँसो ३ बजे मात्रै उनको होस खुलेको थियो ।

जिल्ला अस्पताल अछामकी सूचना अधिकारी गंगा बुढा मगरले भनिन्, ‘हाम्रो अनुमानमा किशोरी लगभग १२ घण्टा जति बेहोस भएको देखिन्छ। गाउँमा छारेरोग लागेको र नजिक गए रोग सर्छ भनेर कसैले पनि नछोएको देखियो।’ उनका अनुसार इमर्जेन्सी वार्डमा होस खुलेको धेरैबेरसम्म किशोरी बोल्न सक्ने अवस्थामा थिइनन्।

जिल्ला अस्पतालको ओसीएमसीमा लगेर काउन्सिलिङ गरेपछि मात्रै उनले घटनाबारे विस्तृतमा बताएकी थिइन्। किशोरीमाथि सामूहिक बलात्कार भएको हुन सक्ने समेत प्रहरीले जनाएको छ । उनले आफूमाथि मामा नाता पर्नेले बलात्कार गरेको थाहा पाएको र त्यहाँ अरूको पनि हल्ला सुनेको बयान प्रहरीलाई दिएपछि उनीमाथि सामूहिक बलात्कार समेत भएको हुन सक्ने आधारबाट प्रहरीले अनुसन्धान गरिएको छ ।

पीडित र आरोपित दुवैको स्वास्थ्य परिक्षण गरिएको तर, रिपोर्ट अझै नआएको प्रहरीले जनाएको छ । किशोरीका आधारमा आरोपितलाई पक्राउ गरिएको र उनीसँग पनि बयान लिइरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन