१३ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

वीरभानसिंह हत्या: मध्यराति घरमा घुसेर जिस्क्याएपछि चिर्पटले हानेको आरोपित शिक्षिकाको बयान

५ असार २०८१, बुधबार ०७:५१

असार ५,  काठमाडौँ । बैतडीको पाटन नगरपालिका-६ का ट्रक चालक ४६ वर्षीय वीरभानसिंह विष्टको हत्या घटनाको प्रहरीले अनुसन्धान गरिरहेको छ। 

यस क्रममा प्रहरीले सोही ठाउँकी शिक्षिका भागरथी विष्ट र  अटो चालक आशिष पहरीसहित ५ जनालाई नियन्त्रणमा लिएको छ। 

घटनापछि फरार अटो चालक पाटन नगरपालिका-१ का आशिष पहरीलाई प्रहरीले बुधबार बिहान पक्राउ गरेको हो।जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक भुपाल थापाका अनुसार पाटन नगरपालिका–७ स्थित जंगलबाट प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। 


यसअघि डडेल्धुराबाट पक्राउ परेका पाटन नगरपालिका–१ का १९ वर्षीय राजेन्द्र भट्टराई र १८ वर्षीय किशोर भट्टराईले पहरीले आफूहरूलाई वीरभानसिंहको शव व्यवस्थापनका लागि बोलाएको बयान दिएका थिए। 

प्रहरी नियन्त्रणमा रहेकी शिक्षिका भागरथी विष्टले शव व्यवस्थापनमा राजेन्द्र, किशोर र आशिषले सघाएको भनेपछि प्रहरीले उनीहरूलाई पनि पक्राउ गरेको हो। 

उनी अटो चालक हुन। आरोपित शिक्षिका भागरथीले वीरभानको हत्या स्वीकारेकी छन्। प्रहरीसमक्ष प्रारम्भिक बयानमा असार १ गते राति १२ बजेतिर वीरभान भागरथीको घर आएका थिए। 

मध्यरात घरमा घुसेर गालीगलौज गरेपछि चिर्पटले हानेर हत्या गरेको उनले बताएकी छन्। वीरभान र भागरथीको घर नजिकै छ। उनीहरूबीच यसअघि पनि विवाद भएर प्रहरीसम्म पुगेका थिए।

‘वीरभानले ती महिलालाई जिस्क्याउने रहेछन्। असार १ गते घरमा घुसेर गालीगलौज गरेपछि चिर्पटले हानेर मारेको महिलाको प्रारम्भिक बयान छ,’ प्रहरी स्रोत भन्छ, ‘अन्य कारण अहिलेसम्म केही खुलेको छैन। महिला एक्लैले हत्या गरिन् कि अरु पनि यसमा संलग्न छन् भनेर अनुसन्धान भइरहेको छ।’ 

असार १ राति १२ बजेपछि घटना भएको थियो। महिलाले हत्या गरेर कुनै गल्ती नगरेको बताउने गरेको प्रहरी अधिकारी बताउँछन्। मध्यराति हत्यापछि प्लास्टिकको बोरामा शव बेरेर घरमै लुकाइएको थियो।  अर्को दिन आइतबार भागरथी सहश्रीलिङ प्राथमिक विद्यालयमा पढाउन गएकी थिइन्। उनका श्रीमान् छैनन्। 

आइतबार राति शव व्यवस्थापन गरिएको थियो। आइतबार राति मोटरसाइकलमा राखेर शव भीरबाट मिल्काएको उनीहरूको भनाइ छ। हत्यामा प्रयोग भएको चिर्पटमा लागेको रगत पखालेको समेत उनीहरू बताउँछन्। 

शव व्यवस्थापनमा गर्न प्रयोग भएको से ७ प ४४०९ नम्बरको मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ।शनिबारदेखि बेपत्ता वीरभानको शव सोमबार दिउँसो पाटन नगरपालिका-६ को झागल भीरमा प्लास्टिकको बोरामा भेटिएको थियो। सँगै चिर्पट पनि थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल