१३ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

संसद् भवनभित्र प्रहरी जवानद्वारा आत्महत्या: प्रेम सम्बन्धमा दरार आएपछि आफैंलाई गोली हाने

५ असार २०८१, बुधबार ०८:१२

असार ५,  काठमाडौँ । बुधबार बिहान नयाँ बानेश्वरस्थित संसद् भवनभित्र मृत अवस्थामा भेटिएका प्रहरी जवानले प्रेम सम्बन्धमा दरार आएपछि आफैंलाई गोली हानेर आत्महत्या गरेको खुलेको छ। प्रहरी स्रोतका अनुसार उक्त घटनाको अनुसन्धानका क्रममा प्रहरी जवान अजित गोलेले प्रेम सम्बन्ध बिग्रिएपछि आफैंलाई गोली हानी आत्महत्या गरेको खुलेको हो। 

दोलखाको मेलुङ गाउँपालिका–४ घर भएका प्रहरी जवान २२ वर्षीय अजित गोले बुधबार बिहान संसद भवनको पश्चिमतर्फको २ नम्बर गेटको बायाँतर्फ रहेको शौचालयमा मृत भेटिएका थिए। घटनास्थल मुचुल्का उठाएर शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइसकिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले जानकारी दिए। 


घटनास्थल शौचालयको भित्तामा ठड्याएको अवस्थामा गोलेको मोबाइलसमेत बरामद भएको थियो। घटनास्थलमा भेटिएको मोबाइलबाटै आफैंलाई गोली हानेको प्रारम्भिक तथ्य खुलेको हो। ‘प्रेमिकाले वास्ता गर्न छाडेपछि उनले आत्महत्या गरेको देखिन्छ’, एक अनुसन्धान अधिकृतले उनले भने।

गोलेले प्रेमिकासँग विवाहका लागि इन्गेजमेन्टसमेत गरिसकेका थिए। पाँच महिनाअघि टिकाटालो भएपछि गोलेले प्रेमिकालाई आफ्नै खर्चमा दुबई पठाएका थिए। दुबई पुगेपछि प्रेमिकाले वास्ता गर्न छाडेको भन्दै उनीहरुबीच विवाद हुने गरेको थियो। मोबाइलमा भेटिएको कुराकानीबाटसमेत उक्त विवाद पुष्टि भएको प्रहरीले जनाएको छ। 

विवादका बेला उनले प्रेमिकालाई बेला–बेला मर्छु भन्दै म्यासेजहरुसमेत पठाउने गरेको भेटिएको छ। बुधबार बिहान आत्महत्या गर्नुअघि पनि मर्छु भन्दै म्यासेज गरेको र भिडियो कल गरेको देखिएको छ। भिडियो कल गरेपछि नै उनले प्रेमिकालाई देखाएर आफूले बोकेको हतियारले आफैंलाई गोली हानेको पाइएको प्रहरीले जनाएको छ। 

भुईँमा बन्दुक राखेर निधारतर्फ तेर्साएर खुट्टाले ट्रिगर दाबेको जस्तो देखिएको प्रहरी स्रोतले बताएको छ। उनी आजै बिहान ६ बजेदेखि १० बजेसम्मको ड्युटी पालोमा २ नम्बर गेटमा हतियारसहित सुरक्षार्थ खटिएका थिए।

प्रहरीको केन्द्रीय विशेष कार्यदलमा कपन दरबन्दी रही उनी संसद भवनमा खटिँदै आएका थिए। गत २८ जेठदेखि उनलाई संसद भवनमा खटाइएको थियो। कार्यदलमा कमाण्डो तालिम गरेको प्रहरी रहने भए पनि उनी भने कमाण्डो तालिम प्राप्त व्यक्ति होइनन्। उनले २०७८ सालमा प्रहरी जवानमा भर्ना भएका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल