१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कवाडी व्यवसायीमाथि प्रहरीले अनाहकमा धरपकड गर्यो- प्रभु शाह

५ असार २०८१, बुधबार ०८:४७

असार ५,  काठमाडौँ । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं सांसद प्रभु साहले कवाडी व्यवसायीहरुको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले धरपकड गरेकोप्रति आपत्ति जनाएका छन् । 

बुधबार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै कवाडी व्यवसायीको शान्तिपूर्ण विरोध प्रदर्शन गर्न पाउने संवैधानिक हकमाथि प्रहार भएको बताउदै कानुनको अधिनमा रही सम्मानपूर्वक व्यापार व्यवसाय गर्न पाउने सुनिश्चितता गर्न सरकारसँग माग गरेका छन् ।


उनले सम्मानित अदालतको आदेशसमेत अवज्ञा गरी टहराहरुमा काठमाडौं महानगरपालिकाले डोजर आतङ्क मच्चाएको आरोप लगाउदै कवाडी व्यवसायीमाथि प्रहरीले बिना कारण प्रहार गरेको बताए ।

उनले भने- ‘हिजो कवाड व्यवसायीहरुको शान्तिपूर्ण जुलुसमाथि प्रहरीले निर्मम प्रहार गरेको छ । झण्डै ५० जनाजति, एक दर्जन त गम्भीर घाइते छन् । टाउको फुटेको छ, उनीहरु वीर अस्पतालमा भर्ना भएका छन् । यसरी संवैधानिक हक देशको राजधानीमा उल्लङ्घन भइराख्दा गृहमन्त्रीको जवाफ चाहन्छु । शान्तिपूर्ण जुलुसमा किन लाठी प्रहार गर्नुभयो ? त्यसमा संलग्न प्रहरीमाथि कारबाही होस् । सम्मानित अदालतको आदेश विपरीत काठमाडौं महानगरपालिकाले डोजर आतङ्क गरेको छ ।'

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन