१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

गर्मीका कारण एक सातामा ५७७ हज यात्रीको मृत्यु

५ असार २०८१, बुधबार १०:५८

असार ५, काठमाडौँ । साउदी अरेबियाको मक्कामा गर्मीका कारण जुन १२ देखि जुन १९ सम्म ५ सय ७७ हज यात्रीको मृत्यु भएको छ ।

असार ५, काठमाडौँ । जुन १७ मा मक्काको ग्रान्ड मस्जिदमा ५१.८ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको थियो । जुन यस वर्षको उच्च थियो ।


द गार्डियनको रिपोर्टका अनुसार मृत्यु हुनेमा ३ सय २३ जना इजिप्टका र ६० जना जोर्डनका नागरिक छन् । यसबाहेक इरान, इन्डोनेसिया र सेनेगलका हज यात्रीको पनि मृत्यु भएको छ ।

साउदी कूटनीतिज्ञका अनुसार अधिकांश मृत्यु गर्मीका कारण बिरामी परेका कारण भएको हो । गर्मीका कारण बिरामी परेका करिब २ हजार हजयात्रीको उपचार भइरहेको साउदी अरेबियाले जनाएको छ ।

साउदी अरेबियाका अधिकारीहरूका अनुसार मक्कामा जलवायु परिवर्तनको गहिरो असर परिरहेको छ । यहाँको औसत तापक्रम हरेक १० वर्षमा ०.४ डिग्री सेल्सियसले बढिरहेको छ ।

अघिल्लो वर्ष २ सय ४० हजयात्रीको मृत्यु भएको थियो । तीमध्ये अधिकांश इन्डोनेसियाका थिए ।

साउदीले सबै यात्रूलाई छाता प्रयोग गर्न सल्लाह दिएको छ । यस बाहेक उनीहरूलाई लगातार पानी पिउन र घामबाट बच्न भनिएको छ ।

यस वर्ष करिब १८ लाख हजयात्री हजका लागि आएका छन् । जसमध्ये १६ लाख अन्य देशका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन