१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

एलपी ग्याँसमा दिँदै आएको अनुदान तीन वर्षभित्र हटाउन सिफारिस

५ असार २०८१, बुधबार ११:१५

असार ५, काठमाडौँ । सरकारले गठन गरेको कर सम्बन्धी उच्चस्तरीय अध्ययन समितिले खाना पकाउने ग्याँसमा नागरिकलाई दिँदै आएको अनुदान तीन वर्षभित्र पुरै हटाउन सिफारिस गरेको छ ।

जलविद्युतको घरासयी खपत बढाउन घरासयी प्रयोजनमा खपत हुने विद्युतको महसुल पुनरावलोकन गर्न र एलपी ग्याँसमा दिइरहेको अनुदान हटाउन समितिले सरकारलाई सिफारिस गरेको हो ।

अहिले नेपाल आयल निगमले सबैभन्दा धेरै घाटा एलपी ग्याँसमा बेहोरिरहेको छ । समितिले अनुदान क्रमशः हटाउँदै तीन वर्षभित्र पुरै हटाउन भनेको हो ।


सरकारले एलपी ग्याँसमा घरासयी र औद्योगिक प्रयोजनमा छुट्टाछुट्टै सिलिन्डर कार्यान्वयनमा ल्याउने विषयमा विभिन्न अध्ययन गरे पनि ठोस निष्कर्षमा पुग्न सकेको छैन ।

समितिले हवाई इन्धनमा हरित कर लगाउन सिफारिस गरेको छ । अहिले सरकारले हवाई इन्धनमा प्रदूषण शुल्क नलगाएको भन्दै समितिले हरित कर लगाउन सिफारिस गरेको हो ।

सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमा हरित करको अवधारणा ल्याएको छ । जसमा पेट्रोलियम पदार्थमा एक रुपैयाँका दरले हरित कर लगाउन थालिएको छ ।

विगतमा बढी प्रदूषण गर्ने गैरकृषि उद्योग र इटा भट्टामा अन्तःशुल्क लगाउने गरिएकोमा अब धेरै प्रदूषण गर्ने उद्योगहरूमा यस्तो कर लगाउन समेत समितिले सरकारलाई सिफारिस गरेको छ ।

वातावरणको हिसाबले जोखिमपूर्ण मानिने कोइलामा भन्सार महसुलसहित अतिरिक्त हरित कर लिन समेत समितिले सुझाव दिएको छ ।

साविकमा अन्तःशुल्क लागिरहेका वस्तुमा हरित कर लगाउन सक्ने सम्भावना रहेको भन्दै त्यसमा अध्ययन गरी दायरा बढाउन समेत समितिले सुझाव दिएको छ । यसबाट नेपालको अन्तर्राष्ट्रिय छवि राम्रो हुने समितिको निष्कर्ष छ ।

हरित अर्थतन्त्रलाई प्रोत्साहन गर्ने उद्देश्यले स्थापना भएका फोहोर प्रशोधन केन्द्र, प्रयोग भइसकेका वस्तु कच्चा पदार्थका रूपमा प्रयोग गरी उत्पादन गर्ने उद्योग, फोहोरबाट ऊर्जा उत्पादन गर्ने उद्योगलाई प्रोत्साहन गर्न समेत समितिले सिफारिस गरेको छ ।

यस्ता उद्योगलाई आवश्यक कर छुट तथा सहुलियत दिन समेत भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन