२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

एलपी ग्याँसमा दिँदै आएको अनुदान तीन वर्षभित्र हटाउन सिफारिस

२०८१, ५ असार बुधबार ११:१५

असार ५, काठमाडौँ । सरकारले गठन गरेको कर सम्बन्धी उच्चस्तरीय अध्ययन समितिले खाना पकाउने ग्याँसमा नागरिकलाई दिँदै आएको अनुदान तीन वर्षभित्र पुरै हटाउन सिफारिस गरेको छ ।

जलविद्युतको घरासयी खपत बढाउन घरासयी प्रयोजनमा खपत हुने विद्युतको महसुल पुनरावलोकन गर्न र एलपी ग्याँसमा दिइरहेको अनुदान हटाउन समितिले सरकारलाई सिफारिस गरेको हो ।

अहिले नेपाल आयल निगमले सबैभन्दा धेरै घाटा एलपी ग्याँसमा बेहोरिरहेको छ । समितिले अनुदान क्रमशः हटाउँदै तीन वर्षभित्र पुरै हटाउन भनेको हो ।


सरकारले एलपी ग्याँसमा घरासयी र औद्योगिक प्रयोजनमा छुट्टाछुट्टै सिलिन्डर कार्यान्वयनमा ल्याउने विषयमा विभिन्न अध्ययन गरे पनि ठोस निष्कर्षमा पुग्न सकेको छैन ।

समितिले हवाई इन्धनमा हरित कर लगाउन सिफारिस गरेको छ । अहिले सरकारले हवाई इन्धनमा प्रदूषण शुल्क नलगाएको भन्दै समितिले हरित कर लगाउन सिफारिस गरेको हो ।

सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमा हरित करको अवधारणा ल्याएको छ । जसमा पेट्रोलियम पदार्थमा एक रुपैयाँका दरले हरित कर लगाउन थालिएको छ ।

विगतमा बढी प्रदूषण गर्ने गैरकृषि उद्योग र इटा भट्टामा अन्तःशुल्क लगाउने गरिएकोमा अब धेरै प्रदूषण गर्ने उद्योगहरूमा यस्तो कर लगाउन समेत समितिले सरकारलाई सिफारिस गरेको छ ।

वातावरणको हिसाबले जोखिमपूर्ण मानिने कोइलामा भन्सार महसुलसहित अतिरिक्त हरित कर लिन समेत समितिले सुझाव दिएको छ ।

साविकमा अन्तःशुल्क लागिरहेका वस्तुमा हरित कर लगाउन सक्ने सम्भावना रहेको भन्दै त्यसमा अध्ययन गरी दायरा बढाउन समेत समितिले सुझाव दिएको छ । यसबाट नेपालको अन्तर्राष्ट्रिय छवि राम्रो हुने समितिको निष्कर्ष छ ।

हरित अर्थतन्त्रलाई प्रोत्साहन गर्ने उद्देश्यले स्थापना भएका फोहोर प्रशोधन केन्द्र, प्रयोग भइसकेका वस्तु कच्चा पदार्थका रूपमा प्रयोग गरी उत्पादन गर्ने उद्योग, फोहोरबाट ऊर्जा उत्पादन गर्ने उद्योगलाई प्रोत्साहन गर्न समेत समितिले सिफारिस गरेको छ ।

यस्ता उद्योगलाई आवश्यक कर छुट तथा सहुलियत दिन समेत भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण