१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सुकीको जन्मदिन मनाउने क्रममा म्यान्मामा २२ जना पक्राउ

५ असार २०८१, बुधबार १२:२१

असार ५, काठमाडौँ । कारागारमा रहनुभएकी प्रजातन्त्रवादी नेत्री आङ सान सु कीको जन्म दिन मनाउने क्रममा म्यान्माका अधिकारीहरूले २२ जनालाई पक्राउ गरेको स्थानीय सञ्चारमाध्यमले बुधबार बताएका छन् । 

म्यान्माको दोस्रो सबैभन्दा ठूलो सहर मान्डलेमा प्रहरीले लामो समयसम्म सु की जस्तै देखिने गरी आफ्नो कपालमा फूल लगाएर तस्बिर पोस्ट गर्ने २२ जनालाई पक्राउ गरेको इलेभेन मिडियाले अज्ञात अधिकारीलाई उद्धृत गर्दै बताएको छ । 

अन्य स्थानीय सञ्चारमाध्यमले मध्य म्यान्मा सहरमा फूल लगाउने वा सार्वजनिकरूपमा प्रार्थना गर्ने करिब एक दर्जनलाई पक्राउ गरिएको बताएका छन् । 


बुधबार ७९ वर्ष पुग्नुभएकी सु कीलाई सन् २०२१ मा उहाँको सरकारलाई अपदस्त गरी सत्ता कब्जा गरेपछि सेनाले हिरासतमा राखेको छ । 

सैन्य विद्रोह र त्यसपछिको असहमतिमा भएको दमनले व्यापक सशस्त्र विद्रोहलाई जन्म दिएको छ । उक्त विद्रोहलाई कुल्चन सेनाले सङ्घर्ष गरिरहेको छ । 

जुन्ता सरकारले नोबेल पुरस्कार विजेता सु कीसँग भेट्न विदेशी नेता र राजनीतिज्ञहरूको धेरै अनुरोधलाई अस्वीकार गरेको छ । कथितरूपमा तीन वर्षभन्दा धेरै समयसम्म हिरासतमा रहँदा सु कीले स्वास्थ्य समस्याको सामना गर्नुपरेको छ । 

सेनाले सत्ता हातमा लिएपछि सु कीको कुनै विदेशी दूतसँग एकमात्र ज्ञात भेटघाट गत वर्षको जुलाईमा भएको थियो । तत्कालीन थाई विदेशमन्त्री डोन प्रमुडविनाईले उहाँसँग एक घन्टाभन्दा धेरै समय भेटेको बताउनुभएको थियो । 

मानवअधिकार समूहहरूले उहाँलाई राजनीतिबाट बाहिर निकाल्ने धोकाका रूपमा निन्दा गरेको मुद्दाको सुनुवाइपछि जुन्ता अदालतले २७ वर्षको सजाय सुनाएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन