२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सुकीको जन्मदिन मनाउने क्रममा म्यान्मामा २२ जना पक्राउ

२०८१, ५ असार बुधबार १२:२१

असार ५, काठमाडौँ । कारागारमा रहनुभएकी प्रजातन्त्रवादी नेत्री आङ सान सु कीको जन्म दिन मनाउने क्रममा म्यान्माका अधिकारीहरूले २२ जनालाई पक्राउ गरेको स्थानीय सञ्चारमाध्यमले बुधबार बताएका छन् । 

म्यान्माको दोस्रो सबैभन्दा ठूलो सहर मान्डलेमा प्रहरीले लामो समयसम्म सु की जस्तै देखिने गरी आफ्नो कपालमा फूल लगाएर तस्बिर पोस्ट गर्ने २२ जनालाई पक्राउ गरेको इलेभेन मिडियाले अज्ञात अधिकारीलाई उद्धृत गर्दै बताएको छ । 

अन्य स्थानीय सञ्चारमाध्यमले मध्य म्यान्मा सहरमा फूल लगाउने वा सार्वजनिकरूपमा प्रार्थना गर्ने करिब एक दर्जनलाई पक्राउ गरिएको बताएका छन् । 


बुधबार ७९ वर्ष पुग्नुभएकी सु कीलाई सन् २०२१ मा उहाँको सरकारलाई अपदस्त गरी सत्ता कब्जा गरेपछि सेनाले हिरासतमा राखेको छ । 

सैन्य विद्रोह र त्यसपछिको असहमतिमा भएको दमनले व्यापक सशस्त्र विद्रोहलाई जन्म दिएको छ । उक्त विद्रोहलाई कुल्चन सेनाले सङ्घर्ष गरिरहेको छ । 

जुन्ता सरकारले नोबेल पुरस्कार विजेता सु कीसँग भेट्न विदेशी नेता र राजनीतिज्ञहरूको धेरै अनुरोधलाई अस्वीकार गरेको छ । कथितरूपमा तीन वर्षभन्दा धेरै समयसम्म हिरासतमा रहँदा सु कीले स्वास्थ्य समस्याको सामना गर्नुपरेको छ । 

सेनाले सत्ता हातमा लिएपछि सु कीको कुनै विदेशी दूतसँग एकमात्र ज्ञात भेटघाट गत वर्षको जुलाईमा भएको थियो । तत्कालीन थाई विदेशमन्त्री डोन प्रमुडविनाईले उहाँसँग एक घन्टाभन्दा धेरै समय भेटेको बताउनुभएको थियो । 

मानवअधिकार समूहहरूले उहाँलाई राजनीतिबाट बाहिर निकाल्ने धोकाका रूपमा निन्दा गरेको मुद्दाको सुनुवाइपछि जुन्ता अदालतले २७ वर्षको सजाय सुनाएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण