१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

भारतका पूर्व क्रिकेटरले गरे आत्महत्या

६ असार २०८१, बिहीबार १२:००

असार ६, काठमाडौँ । भारतको राष्ट्रिय टोलीबाट टेस्ट क्रिकेट खेलिसकेका पूर्वखेलाडी डेभिड जोन्सनले आत्महत्या गरेका छन् । उनले बिहीबार बेंगलुरुस्थित आफ्नै घरको चौथो तल्लाबाट फालहानेर आत्महत्या गरेको समाचारमा जनाइएको छ । 

५३ वर्षीय पूर्वक्रिकेटर डेभिडले आत्महत्या गर्नुको कारण भने खुलेको छैन । उनी आफ्नो घरनजिकै क्रिकेट एकेडेमी चलाउँथे । कर्नाटक राज्य क्रिकेट सङ्घका एक अधिकारीले पनि डेभिडले आत्महत्या गरेको समाचारको पुष्टि गरेका छन् । 


डेभिड जोन्सनले भारतका लागि दुई वटा टेस्ट पनि खेलेका थिए । उनले भारतका लागि अस्ट्रेलिया र दक्षिण अफ्रिकाविरुद्ध टेस्ट खेलेका थिए । टेस्ट क्रिकेटमा मध्यमतेज गतिका बलर डेभिडले तीनवटा विकेट पनि लिएका थिए । 

यसका अतिरिक्त डेभिडले ३९ वटा प्रथम श्रेणीको क्रिकेट खेल्दै कुल एक सय २५ विकेट लिएका थिए । उनलाई सन् १९९६ मा जवागल श्रीनाथको स्थानमा भारतीय टोलीमा स्थान दिइएको थियो ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का सचिव जय शाहले पनि डेभिडको निधनप्रति दुःख व्यक्त गरेका छन् । यसैगरी भारतीय टोलीका पूर्वकप्तान अनिल कुम्बलेले पनि डेभिडको निधनप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन