कात्तिक ११, काँकडभिट्टा । झापाको दमक क्षेत्रमा डेङ्गु सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेपछि सरकारले जिल्ला जनस्वास्थ्य कार्यालयको टोलीलाई एक सातादेखि निरन्तर परिचालन ग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक ११, काँकडभिट्टा । झापाको दमक क्षेत्रमा डेङ्गु सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेपछि सरकारले जिल्ला जनस्वास्थ्य कार्यालयको टोलीलाई एक सातादेखि निरन्तर परिचालन ग"/>
९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

दमकमा डेङ्गु नियन्त्रणका लागि विशेषज्ञ टोली

११ कार्तिक २०७३, बिहीबार ०८:५९

कात्तिक ११, काँकडभिट्टा । झापाको दमक क्षेत्रमा डेङ्गु सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेपछि सरकारले जिल्ला जनस्वास्थ्य कार्यालयको टोलीलाई एक सातादेखि निरन्तर परिचालन गरेर रोग नियन्त्रणको प्रयास जारी राखेको छ । अहिले यहाँ स्वास्थ्य मन्त्रालयबाटै आएको विशेषज्ञ टोली समेत खटिएको छ । 

दमक क्षेत्रमा मात्र डेङ्गु सङ्क्रमितको सङ्ख्या १०० नाघेपछि सरकारले टोली नै खटाएर नियन्त्रणको प्रयास गरेको हो । “हाम्रो ध्यान दमकमा छ,” जिल्ला जनस्वास्थ्य कार्यालय झापाका प्रमुख देवराज कार्की भन्नुहुन्छ – “सङ्क्रमितको पहिचान, उपचार र लामखुट्टे नियन्त्रणमा सरकारी टोलीले युद्धस्तरमा कार्य गरिरहेको छ ।” 

धमाधम बिरामी बढ्न थालेपछि स्वास्थ्य मन्त्रालयले रोग प्रभावित क्षेत्रमा केन्द्रबाटै चिकित्सक र प्राविधिक टोली खटाउनु परेको जनाइएको छ । 

झापामा तीन वर्षअघि पनि डेङ्गु सङ्क्रमितको सङ्ख्या अत्यधिक बढेको थियो । सन् २०१२ मा मेचीनगर क्षेत्रमा यसको सङ्क्रमण बढी मात्रामा भेटिएको थियो । अहिले दमकमा धेरै पाइएको छ । 

स्वास्थ्य मन्त्रालयले दमकमा डेङ्गु जाँचका लागि आवश्यक कीटसहित डा यदुचन्द्र घिमिरे र ल्याब टेक्निसियन डबलबहादुर बिसीलाई खटाएको छ । 

उनीहरूले त्यहाँ पुगेर डेङ्गु नियन्त्रणका लागि काम गरिरहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार रोग प्रभावित क्षेत्रमा ‘सर्च एन्ड डिस्ट्रोएड’ अभियान पनि सञ्चालन गरिएको छ । टोलीले डेङ्गु फैलाउने लामखुट्टेका लार्भा नस्ट गर्ने कार्य गर्दछ । 

दमकमा डेङ्गु रोगबाट बच्न र बचाउन सचेतना कार्यक्रमलाई जनस्वास्थ्य कार्यालयले तीव्र तुल्याएको जनाएको छ । डेङ्गु रोक्ने उपाय लामखुट्टे नियन्त्रण नै एकमात्र भएकाले त्यसका लागि आवश्यक सतर्कता अपनाउन जनस्वास्थ्य कार्यालय झापाले सर्वसाधारण सबैलाई आह्वान गरेको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता