१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

नाबालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरी जवान पक्राउ

७ असार २०८१, शुक्रबार ०७:५७

असार ७, काठमाडौं । १७ वर्षीया नाबालिकामाथि जबरजस्ती करणी गरेको आपरोपमा प्रहरी जवान पक्राउ परेका छन् । पक्राउ पर्नेमा प्रहरी चौकी भार्तामा कार्यरत प्रहरी जवान कञ्चनपुर घर भएका २४ वर्षीय सन्तोष बोट रहेका छन् ।

१७ वर्षीया नाबालिकाले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा जाहेरी दर्ता गरेपछि प्रहरी जवानलाई पक्राउ गरिएको मकवानपुरका प्रहरी प्रमुख एसपी सिताराम रिजालले जानकारी दिए । एसपी रिजालले नाबालिकामाथि जरबजस्ती करणी गर्ने प्रहरी जवानलाई १६ जेठमै पक्राउ गरिएको बताए । तर, प्रहरीबाटै भएको जबरजस्तीकरणीको मुद्दा गुपचुपमा राखिएको थियो ।

एसपी रिजालका अनुसार प्रहरी जवान बोटले ८ कक्षामा अध्ययनरत नाबालिकामाथि अन्तिम पटक जेठ ११ जबरजस्ती करणी गरेको जाहेरीमा उल्लेख छ । अभिभावकविहीन नाबालिकालाई प्रेमको बहानामा पटक-पटक जबरजस्तीकरणी गरेको जाहेरीमा छ । नाबालिकाले १६ जेठमा जिल्ला प्रहरी कार्यालयमा आएर जाहेरी दर्ता गराएकी थिइन् ।

जाहेरीमा नाबालिकाले भार्ता प्रहरी चौकीको भान्सा कोठामा लगेर जवान बोटले पटक-पटक जबरजस्ती करणी गरेको उल्लेख गरेकी छन् । अन्तिम पटक ११ जेठमा पनि नाबालिका बस्दै आएको ३ नम्बर वडाकै कटुञ्जेस्थित छात्राबासको भान्सा कोठामा लगेर जबरजस्तीकरणी गरेको आरोप लगाइएको छ ।

पक्राउ परेका उनीमाथि अनुसन्धान सकेर फाइल सरकारी वकिलको कार्यालयमा पठाइसकेको मकवानपुर प्रहरीले जनाएको छ । जवान बोट र नाबालिकाबीच ७-८ महिना अगाडिदेखि नै चिनाजान भएको प्रहरीले जनाएको छ । आरोपित बोटले नाबालिकालाई प्रेम पत्र लेखेर रातको समयमा भेट्न बोलाउने गरेको पत्र प्रमाणका रुपमा समावेश गरेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

नाबालिका बस्ने छात्राबासकी एक महिलाले बोटले पठाएको प्रेम पत्र भेटेपछि सोधपुछ गर्दा उनीमाथि भएको घटना बाहिर आएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन