२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

अनि ह्यारी केनलाई बीचमै मैदानबाट निकालियो

२०८१, ७ असार शुक्रबार ११:३०

असार ७,  काठमाडौँ । धेरैले उपाधिको दाबेदारका रूपमा हेरेको इंग्ल्याण्ड ‘युरो कप २०२४’ समूह चरणको आफ्नो दोस्रो खेलमा डेनमार्कविरुद्ध कठिन संघर्ष गर्दै गरेको देखियो । जर्मनीको फ्र्यांकफर्टमा कप्तान ह्यारी केनको गोलसँगै सुरुवाती अग्रता बनाएको इंग्ल्याण्डले त्यो जोगाउन सकेन । १८औँ मिनेटमा एक गोलको अग्रता लिए पनि ३२औँ मिनेटमा मोर्टन जुलमण्डको गोलसँगै यसअघिको उपविजेता इंग्ल्याण्ड बराबरीमा फर्कियो । त्यसपछि निराशाजनक प्रदर्शन गरेको टिमले एक खेलअगाडि नै अन्तिम १६ को सिट सुरक्षित गर्ने मौका गुमायो । खेल १–१ गोलको बराबरीमै सकिएको थियो । 


एक गोलपछि निरन्तरको निराशाजनक प्रदर्शनका बीच कप्तान केनलाई नै मैदानबाट निकालियो । गेरेथ साउथगेटको टिम निकै सुस्त तथा दिशाहीन थियो । बलियो मानिएको टिम डेनमार्कसामु हायलकायल भएको देखिन्थ्यो । जित फर्काउन गरेको कठिन संघर्षका बावजूद टिम इंग्ल्याण्डलाई डेनमार्कले सफल हुन दिएन । गेरेथले जितका लागि हाफपछि धमाधम खेलाडीहरू परिवर्तनको नीति पनि लिए तर टिमको केही लागेन । 

एक जित एक बराबरीका साथ इंग्ल्याण्ड अहिले पनि समूह सीको शीर्ष स्थानमा छ । मंगलबार स्लोभेनियाविरुद्धको खेलसँगै अन्तिम १६ मा स्थान सुरक्षित गर्न सक्छ । स्लोभेनिया र सर्बियाबीच बराबरी भएसँगै इंग्ल्याण्डले डेनमार्कमाथि जित निकालेको भए अन्तिम १६ मा पुग्ने थियो । यसअघि इंग्ल्याण्डले सर्बियालाई १ ० ले पराजित गर्दा स्लोभानियासँग डेनमार्क बराबरीमा रोकिएको थियो । 

गएराति नै भएको अर्को खेलमा स्पेनले साविक विजेता इटालीलाई १–० गोलले पराजित गर्‍यो । आज साँझ ६ः४५ बजे स्लोभाकिया र युक्रेन तथा ९ः४५ बजे पोल्याण्ड र अस्ट्रियबीच खेल हुने छ । 

१४ जुलाईसम्म चल्ने प्रतियोगितामा कुल २४ टिम सहभागी छन् । यसअघि सन् २०२१ को संस्करणमा इंग्ल्यान्डलाई पराजित गर्दै इटाली च्याम्पियन बनेको थियो । 

२४ टिमलाई ६ समूहमा विभाजित गरिएको छ । प्रत्येक समूहमा ४ टिम छन् । आयोजक जर्मनी टिम ग्रुप ‘ए’मा छ । साबिक विजेता इटाली ग्रुप ‘बी’मा छ, जसलाई ‘ग्रुप अफ डेथ’ पनि भनिन्छ । ग्रुप ‘बी’ इटालीसहित स्पेन, क्रोएसिया र अल्बानिया छन् ।

क्रिस्टियानो रोनाल्डोको टिम पोर्चुगलको ग्रुप ‘एफ’मा टर्की, जर्जिया र चेक रिपब्लिकलाई राखिएको छ । किलियन एम्बाप्पेको टिम फ्रान्स ग्रुप ‘डी’मा छ, जसमा पोल्यान्ड, नेदरल्यान्ड्स र अस्ट्रिया छन् । नेपालमा सोनी सिक्सबाट युरो कपका खेलहरू हेर्न पाइने युरोपेली फुटबल महासंघको वेबसाइटमा उल्लेख छ ।

कुन ग्रुपमा कुन-कुन टिम ? 

ग्रुप ए 

जर्मनी

स्कटल्यान्ड

हङ्गेरी

स्विट्जरल्यान्ड 

ग्रुप बी 

स्पेन 

क्रोएसिया 

इटाली 

अल्बानिया 

ग्रुप सी 

स्लोभेनिया 

डेनमार्क 

सर्बिया 

इंग्ल्यान्ड 

ग्रुप डी 

पोल्यान्ड 

नेदरल्यान्ड्स 

अस्ट्रिया 

फ्रान्स 

ग्रुप ई 

टर्की 

जर्जिया 

पोर्चुगल 

चेक रिपब्लिक


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह