१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

प्रधानमन्त्रीको निर्देशन पालना नगर्नेहरुलाई बर्खास्त गर्नुपर्छ- सुवाल

७ असार २०८१, शुक्रबार १२:०३

असार ७,  भक्तपुर । नेपाल मजदुर किसान पार्टीका सचिव एवम् संघीय सांसद प्रेम सुवालको प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिकाको सोह्रौं नगरसभाको शुक्रबार एक समारोहबीच दीप प्रज्ज्वलनका साथ उद्घाटन भयो ।

कार्यक्रमको उद्घाटन गर्दै सचिव सुवालले जनताको गाँस, बाँस र रोजगारीको बन्दोबस्त हुनु नै सहिदहरुको सपना पूरा हुनु हो भन्दै नीति तथा कार्यक्रमको सफलतापूर्वक कार्यान्वयनतर्फ नगरपालिकाले जोड दिनुपर्ने बताए । उनले मुख्यमन्त्री र प्रदेश प्रमुखहरुले आआफ्नो निर्वाचन क्षेत्रमा बसी त्यस ठाउँको विकासतर्फ जोड दिनुपर्ने बताउँदै कृषिजन्य खाद्यान्न विदेशबाट आयात रोक्न कृषि क्षेत्रलाई प्राथमिकताका साथ अगाडि बढाउनुपर्ने बताए ।


प्रधानमन्त्री कार्यकारी प्रमुख भएको हुँदा प्रधानमन्त्रीको निर्देशन पालना नगर्नेहरुलाई बर्खास्त गर्नुपर्छ भन्दै उनले नेपालको प्राकृतिक स्रोतसाधन नेपाललाई नै अपुग भएको हुँदा विदेशीलाई बेच्न नहुने धारणा राखे । भक्तपुर नपाले नगरपालिकाभित्र दर्ता नभएका सहकारी संस्थाहरु सञ्चालनमा रोक लगाउनुपर्नेमा जोड दिंदै उनले समस्याग्रस्त सहकारी संस्थाहरुको अनुगमनमा सम्बन्धित निकायले क्रियाशीलता देखाउनुपर्छ भने ।

कार्यक्रमका सभापति भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै भक्तपुर नगरको चौतर्फी विकासको निम्ति नगरपालिकाले गरेका हरेक कार्यमा नगरबासीहरूको सधै साथ र सहयोग प्राप्त हुँदै आएको स्मरण गरे । 

कार्यक्रममा बोल्दै भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले भक्तपुर नपाले विभिन्न सीपमूलक तालिम, युवा उद्यामशील ऋण प्रवाह गरी युवाहरुलाई व्यवसाय गर्न प्रोत्साहन गर्दै आएको बताउँदै नगरपालिकाबाट प्रवाहित सेवा सुविधा प्रविधिमैत्री बनाउने आवश्यक तयारी भइरहेको बताइन् ।

जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रशासकीय अधिकृत अशोककुमार पोखरेलले नगरसभा पूर्ण सफलताको कामना गर्दै जिल्ला प्रशासन कार्यालयबाट राष्ट्रिय परिचयपत्र वितरण कार्य तथा जिप्रकाबाट भइरहेको सेवा प्रवाहबारे जानकारी दिए । भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष रोशनीकुमारी श्रेष्ठले भक्तपुरको सेवा प्रवाह र विकास निर्माण कार्य देशकै लागि उदाहरणीय छ भन्दै भक्तपुर नपाले जनहितमा उत्कृष्ट कार्य गर्दै सबै क्षेत्रमा पारदर्शी र आर्थिक अनुशासनमा काम गर्दै आइरहेको बताइन् ।

त्यस्तै ख्वप अस्पतालका निमित्त मेडिकल डाइरेक्टर डा. मजेशप्रताप मल्लले ख्वप अस्पतालको गरिमा बढ्दै गइरहेकोमा गौरव अनुभूति भएको बताउँदै ख्वप अस्पतालले आजबाट ब्रम्हायणी भवनबाट आइसीयु सेवा सञ्चालन गरिने जानकारी गराए । ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य इ. सुनिल दुवालले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेजहरुको गुणस्तरीय शिक्षा कार्यान्वयनको लागि शिक्षक कर्मचारीहरुलाई तालिम दिनुका साथै उच्च शिक्षा अध्ययनको व्यवस्था गर्दै आइरहेको बताए । नगरसभाको उद्घाटन कार्यक्रममा भ.न.पाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले धन्यवाद ज्ञापन मन्तव्य राखेका थिए भने भ.न.पा ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले कार्यक्रम सञ्चालन गरेका थिए । 

कार्यक्रममा प्रमुख अतिथि सांसद सुवालले भक्तपुर नगरभित्र मापदण्डअनुसार नियमित रुपमा भवन निर्माण गरी निर्माण सम्पन्न प्रमाणपत्र लिएका भक्तपुर नपा वडा नं. १ का कविन्द्र कायष्ठलाई रु. १,५०,३१६। , भनपा ३ का मुकुन्दलाल प्रधानांगलाई रु. ३ लाख, भनपा ३ का सुनिल प्रजापतिलाई रु. १,४१,२१४।–, भनपा ४ का पूर्णभक्त ग्वाछालाई रु.१,६५,४५९।–, भनपा ४ का लक्ष्मीश्वरी कबुलाई रु. २,४१,२८७।– र भनपा ६ का राजेन्द्र अवाललाई रु. १,७०,५६२।– रुपैयाँ काठ, इँटा र झिंगटी अनुदान स्वरुप प्रदान गरिएको थियो । त्यस्तै भनपा वडा नं. ६ कै नारायणकृष्ण त्यातलाई रु. १,७०,२५६।–, भनपा ६ कै कृष्णबहादुर दुवाललाई रु. २,९३,३६१।–, भनपा वडा नं. १० का केशव शिल्पकारलाई रु. २,८२,२६७।– अनुदानस्वरुप प्रदान गरिएको थियो । भक्तपुर नपाले वितरण गरेको अनुदान रकम जम्मा रु. १९ लाख २४ हजार ७२५ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन