२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

हेटौँडाको पुनरावेदन अदालतलाई नै उच्च अदालत बनाउनुपर्ने

२०७२, १३ चैत्र शनिबार ०५:२०

bhupendra prakash pokhrelचैत १३, मकवानपुर । हेटौँडामा रहेको पुरावेदन अदालतलाई
यथास्थानमा उच्च अदालत बनाउनु पर्नेमा बार एसोसिएसनका एकजना मकवानपुरे उम्मेद्वारले जोड दिएका छन्

हेटौँडा ७ न्युरेनी स्थायी घर भई काटमाण्डौमा विगत १४ वर्षदेखि
कानुन व्यवसाय गर्दे आउनुभएका अधिवक्ता भुपेन्द्रप्रसाद पोखरेलले देशमा नयाँ संविधान जारी भएपछि
पुनरावेदन अदालतहरू एक वर्षभित्र उच्च अदालतमा परिणत हुने र ७ वटा मात्र उच्च अदालत रहने भएकोले
हेटौँडाको पुनरावेदन अदालतलाई अन्यत्र सार्न सक्ने शंका व्यक्त गर्दै यस अदालत भएकै स्थानमा उच्च बदालत
बनाउनु पर्ने बताउनुभयो ।

यहाँको भौगोलिक, क्षेत्र औद्योगिक
क्षेत्र एवम् स्थानीय कानुन व्यवसायीको हितका लागि हेटौँडाकै पुनरावेदन अदालतलाई उच्च अदालत बनाउन आफूले
जोडदार रुपमा आवाज उठाउने पनि उहाँले बताउनुभयो ।

नेपाल बार
एसोसिएसनको यही चैत २० गते हुन लागेको निर्बाचनमा सदस्य पदमा उम्मेद्वारी दिनुभएका उहाँ काठमाण्डौ बारमा
आबद्ध हुनुहुन्छ । पोखरेल वृहत प्रगतिशील, पेशागत, राष्ट्रवादी तथा गणतान्त्रिक कानुन व्यवसायी समूह (
विजयकान्त मैनाली नेतृत्व) बाट उम्मेद्वार रहनुभएको छ ।

विगत १४
वर्षदेखि काठमाण्डौलाई कर्मभूमि बनाइ काम गर्दै आउनुभएका पोखरेलले आफ्नो उम्मेद्वारी बारमा राजनीतिक हुन
नदिन तथा कानुन व्यवसायीको हितका लागि भएको दावी गर्नुभयो ।

स्थानीय र केन्द्रीय बारबिच दुरी बढ्दै गएको बताउँदै उहाँले सो दुरी कम गर्नका लागि पनि आफ्नो
भूमिका रहने केन्द्र र स्थानीय बार बिच समन्वय गर्न पनि आफ्नो विशेष भूमिका हुने तथा नवप्रप्रवेशी कानुन
व्यवसायीको हितका लागि काम गर्ने पोखरेलले बताउनुभएको छ ।

विसं.
२०२८ सालमा जन्मनुभएका अधिवक्ता पोखरेल विगतका समयमा पनि सार्बजनिक सरोकाका मुद्धाहरुलाई अदालतमा उठाउने
एक जुझारु कानुन व्यवसायी हुनुहुन्छ ।

लोडसेडिङ विरुद्ध
सर्वोच्चमा मुद्धा दायर गर्नेदेखि पूर्व राजा ज्ञानेन्द्र शाहलाई दिइएका सेवासुविधाका विरुद्ध तथा
भारतीय च्यानल नेपाल वान टेलिभिजनको नामका विषय, निशाना छाप लगायतका विषयमा सर्वोच्च अदालतमा मद्धा दायर
गरि बहस गर्दै आउनुभएको छ ।

विभिन्न सिद्धान्त बोकेका तथा विभिन्न
भौगोलिक क्षेत्रको समान सहभागिता रहेकोले आफूले जित्नेमा उहाँले विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट