२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

बालविवाह मुद्दामा खोटाङका तीन दाजुभाइलाई कारागार चलान

२०७३, १२ कार्तिक शुक्रबार ०४:२२

खोटाङ, १२ कात्तिक । बालविवाह मुद्दामा पक्राउ परेका खोटाङका तीन दाजुभाइ कारागार चलान भएका छन् । अढाइ वर्षअघि भएको बालविवाहको मुद्दामा पक्राउ परेका जालपा–६ का ३५ वर्षीय जापान राई, २४ वर्षीय मदन राई र २० वर्षीय भलाकाजी राईलाई अदालतको आदेशमा कारागार चलान गरिएको हो । 

उमेर नपुगेकी किशोरीसँग विवाह गरेको भन्दै भलाकाजी र विवाहमा सहयोग गरेकामा दाजु जापान र मदनविरुद्ध प्रहरीमा माइती पक्षबाट उजुरी परेको थियो । तीन दाजुभाइलाई गत साउन २५ गते जिल्ला अदालतले जनही पाँच/पाँच हजार जरिवाना र एक/एक महिना कैद सजाय तोकेको थियो । 

अदालतको निर्णय आएलगत्तै फरार रहेका उनीहरुलाई खोजी गरी बुधबार जालपाबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक सरोज राईले बताउनुभयो । पक्राउलगत्तै जिल्ला अदालतसमक्ष उपस्थित गराइएकामा अदालतकै आदेशमा बिहीबार कारागार चलान गरिएको हो । सुरुमै पक्राउ परेका उनीहरु १०/१० हजार धरौटीमा रिहा भएका थिए । बकपत्रपछि अदालतको निर्णय आएलगत्तै फरार रहेका उनीहरुलाई खोजेर पक्राउ गरिएको हो । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण