Skip to content
Monday, July 20, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७२ चैत १८ गते, दिउँसो १:२६ बजे
मकवानपुर - MKW

मकवानपुरमा पहिलो दिनको एसएलसी शान्तिपूर्ण, १२२ परीक्षार्थी अनुपस्थित

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

जिबराज बख्रेल/ चैत
१८, मकवानपुर । 
आजदेखिसुरु भएको यस वर्षको प्रवेशिका परीक्षा पहिलो दिन मकवानपुरमा शान्तिपूर्ण
रुपमा सम्पन्न भएको जिल्ला शिक्षा कार्यालय मकवानपुरले जनाएको छ । आजको अंग्रेजी बिषयको परीक्षा
शान्तीपुर्वक सम्पन्न भएको मकवानपुरका जिल्ला शिक्षा अधिकारी अम्विका प्रसाद आचार्यले जानकारी दिनुभयो

यसबर्षको प्रवेशिका परीक्षामा कुल १२२ परीक्षार्थी अनुपस्थित भएको वताईको छ । शिक्षा अधिकारी
आचार्यका अनुसार नियमित तर्फ छात्र १७ जना छात्रा १२ जना र इएक्जाम्टेड तर्फ छात्र २८ जना र छात्रा ८४
जना अनुपस्थित भएका थिए । मकवानपुरमा यस वर्ष ७ हजार २ सय ७६ विद्यार्थि परीक्षामा सामेल हुने जनाईएको
थियो।