2026-07-07 04:15 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

मुटु शिविरमा तीन सय बढीले सेवा लिए


कार्तिक १२  हेटौंडा 

हेटौँडामा आयोजित निःशुल्क मुटु परिक्षण शिविरमा तीन सय २७ जनाले परिक्षण गराएका छन् । ईसीजी, ईको सेवा, प्रेसर, सुगर परिक्षणसँगै औषधी निःशुल्क वितरण गरिएको थियो ।

तीन बर्षदेखि ९० बर्षसम्मकाले सेवा लिएको शिविरमा मुटुमा प्वाल भएको दुई, नसा व्लक र हर्ट अट्याक भएको तीन, मुटु सुन्नीएको एक, मुटुको भल्वमा समस्या भएका पाँच जना पाईएको डाक्टर कार्तिकेश ठाकुरले जानकारी दिनुभयो । उहाँका अनुसार समस्यामा देखिएकोमा व्लड प्रेसर(रक्तचाप) प्रायःमा पाईएको थियो ।

कार्यक्रम मानव अंग प्रत्यारोपण केन्द्र, भक्तपुर र हेटौँडा अस्पतालले आयोजना गरेको हो । कार्यक्रममा नेपाल हृदयरोग निवारण प्रतिष्ठान, रोटरी क्लब अफ मकवानपुर र होटल एशोसिएसन मकवानपुरले समन्वय गरेका थिए ।

कार्यक्रममा मानव अंग प्रत्यारोपण केन्द्रका १० जना स्वाथ्यकर्मीले सेवा दिएका थिए । कार्यक्रममा डाक्टरहरु प्रेमराज बैद्य, कार्तिकेश ठाकुर, सन्देश खैजु, प्रकाश झा, निरज गौतम, गौरव पन्थी लगाएत नर्सहरुले सेवा दिएका थिए ।कार्यक्रममा नेपाल हृदयरोग निवारण प्रतिष्ठान मकवानपुरका सभापती हरिवंश भेटवाल, रोटरी क्लब अफ मकवानपुरका कोषाध्यक्ष रामप्रसाद शर्मा, होटल एशोसिएसन मकवानपुरका अध्यक्ष भागीरथ शर्मा लगाएतको टोलीले कार्यक्रममा स्वयम् सेवा दिएका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने