५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने तयारी, के-के काम गर्छ ?

३१ श्रावण २०८१, बिहीबार ०८:५७

साउन ३१, काठमाडौं | सरकारले राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने तयारी गरेको छ ।

सबै सरकारी परिचयपत्रको काम राष्ट्रिय परिचयपत्रमार्फत प्रदान गर्नेगरी सरकारले यस्तो तयारी गरेको हो । सवारी चालक अनुमतिपत्रको विवरण पनि राष्ट्रिय परिचयपत्रमा एकीकृत गर्न लागिएको छ । त्यसपछि राष्ट्रिय परिचयपत्र बनाएका व्यक्तिले सवारी चालक अनुमतिपत्रलगायतका अन्य कागजात बोक्नुपर्ने झण्झट हट्ने बताइएको छ ।

चालक अनुमतिपत्रमा भएका विवरणलाई यातायात व्यवस्था विभागसँग प्राविधिक सहकार्य गरी राष्ट्रिय परिचयपत्रमा एकीकृत गर्ने काम भइरहेको छ । यी विवरण अद्यावधिक भएपछि सवारी चालकले राष्ट्रिय परिचयपत्र वा नम्बर भनेका आधारमा ट्राफिक प्रहरीले लाइसेन्स भए-नभएकोबारे सहजै पत्ता लगाउन सक्ने छ ।


यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालका अनुसार चालक अनुमतिपत्रमा भएका विवरणलाई राष्ट्रिय परिचयपत्रमा एकीकृत गरेपछि लाइसेन्स बोकेर हिँड्न पर्ने झण्झट हट्ने छ । जसका लागि गृह मन्त्रालयले निर्णय गरेर राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग र यातायात व्यवस्था विभागबीच समझदारी पत्रमा हस्ताक्षर हुँदै छ ।

दुवै विभागको आपसी सहकार्य र समन्वयमा प्रणालीको विकास हुनेगरी लाइसेन्सको प्रयोगसम्बन्धी व्यवस्थाहरू उल्लेख हुनेछन् । राष्ट्रिय परिचयपत्रमा उल्लेख हुने नम्बर वा क्यूआर कोडमार्फत लाइसेन्स हेर्न मिल्ने सिस्टमको स्थापना, परीक्षण र सञ्चालन गरिने भएको छ ।

हाल देशभर ५६ लाख लाइसेन्सका प्रयोगकर्ताहरू छन् भने १६ लाख सेवाग्राहीको लाइसेन्स प्रिन्ट हुन बाँकी छ । सवारी चालक अनुमतिपत्रको विवरण राष्ट्रिय परिचयपत्रमा एकीकृत भएपछि यी सबैले लाइसेन्स बोक्नुपर्ने झण्झट हट्ने भएको । गत जेठ २३ गतेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय परिचयपत्रलाई लाइसेन्सका रूपमा प्रयोग गर्नेसम्बन्धी निर्णय गरेको थियो । त्यसपछि साउन ३ मा दुई विभागबीच राष्ट्रिय परिचयपत्र व्यवस्थापन प्रणालीको विद्युतीय सेवा प्रयोग गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सरकारले सामाजिक सुरक्षा भत्ता, पेन्सन र बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय गरेको छ । सरकारले पहिलो चरणमा २८ जिल्ला र दोस्रो चरणमा आगामी माघ १ मा ३८ जिल्ला तथा तेस्रो चरणमा २०८२ साउनदेखि ११ जिल्लामा लागू गरिने जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता