२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने तयारी, के-के काम गर्छ ?

२०८१, ३१ श्रावण बिहीबार ०८:५७

साउन ३१, काठमाडौं | सरकारले राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने तयारी गरेको छ ।

सबै सरकारी परिचयपत्रको काम राष्ट्रिय परिचयपत्रमार्फत प्रदान गर्नेगरी सरकारले यस्तो तयारी गरेको हो । सवारी चालक अनुमतिपत्रको विवरण पनि राष्ट्रिय परिचयपत्रमा एकीकृत गर्न लागिएको छ । त्यसपछि राष्ट्रिय परिचयपत्र बनाएका व्यक्तिले सवारी चालक अनुमतिपत्रलगायतका अन्य कागजात बोक्नुपर्ने झण्झट हट्ने बताइएको छ ।

चालक अनुमतिपत्रमा भएका विवरणलाई यातायात व्यवस्था विभागसँग प्राविधिक सहकार्य गरी राष्ट्रिय परिचयपत्रमा एकीकृत गर्ने काम भइरहेको छ । यी विवरण अद्यावधिक भएपछि सवारी चालकले राष्ट्रिय परिचयपत्र वा नम्बर भनेका आधारमा ट्राफिक प्रहरीले लाइसेन्स भए-नभएकोबारे सहजै पत्ता लगाउन सक्ने छ ।


यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालका अनुसार चालक अनुमतिपत्रमा भएका विवरणलाई राष्ट्रिय परिचयपत्रमा एकीकृत गरेपछि लाइसेन्स बोकेर हिँड्न पर्ने झण्झट हट्ने छ । जसका लागि गृह मन्त्रालयले निर्णय गरेर राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग र यातायात व्यवस्था विभागबीच समझदारी पत्रमा हस्ताक्षर हुँदै छ ।

दुवै विभागको आपसी सहकार्य र समन्वयमा प्रणालीको विकास हुनेगरी लाइसेन्सको प्रयोगसम्बन्धी व्यवस्थाहरू उल्लेख हुनेछन् । राष्ट्रिय परिचयपत्रमा उल्लेख हुने नम्बर वा क्यूआर कोडमार्फत लाइसेन्स हेर्न मिल्ने सिस्टमको स्थापना, परीक्षण र सञ्चालन गरिने भएको छ ।

हाल देशभर ५६ लाख लाइसेन्सका प्रयोगकर्ताहरू छन् भने १६ लाख सेवाग्राहीको लाइसेन्स प्रिन्ट हुन बाँकी छ । सवारी चालक अनुमतिपत्रको विवरण राष्ट्रिय परिचयपत्रमा एकीकृत भएपछि यी सबैले लाइसेन्स बोक्नुपर्ने झण्झट हट्ने भएको । गत जेठ २३ गतेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय परिचयपत्रलाई लाइसेन्सका रूपमा प्रयोग गर्नेसम्बन्धी निर्णय गरेको थियो । त्यसपछि साउन ३ मा दुई विभागबीच राष्ट्रिय परिचयपत्र व्यवस्थापन प्रणालीको विद्युतीय सेवा प्रयोग गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सरकारले सामाजिक सुरक्षा भत्ता, पेन्सन र बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय गरेको छ । सरकारले पहिलो चरणमा २८ जिल्ला र दोस्रो चरणमा आगामी माघ १ मा ३८ जिल्ला तथा तेस्रो चरणमा २०८२ साउनदेखि ११ जिल्लामा लागू गरिने जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !