२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछाममा तिहारमा खेलिने देउसि भैलो विगतका वर्षहरुका भन्दा यो बर्ष कम

१६ कार्तिक २०७३, मंगलवार ११:०७

कमल रावल, कात्तिक १६, अछाम । अछाम जिल्लामा तिहारमा खेलिने देउसि भैलो विगतका वर्षहरुका भन्दा यो बर्ष कम मात्रामा देखिएका छन । विगतका वर्षहरुमा विद्यालय, वाल क्लब, युवाक्लबले देउसि भैलो मार्फत सँकलीत रकम विभिन्य क्षेत्रमा सहयोगका लागी खर्च गर्ने उद्देश्य राखि देउसि खेल्ने गर्दथे ।

आफनो पुरानो कला सस्कृती पछिल्लो समय लोप हुदै जादा यसरी देउसि भैलोमा समेत कमि आएको जानकारले बताएका छन । पछिल्लो समय तिहारलाई जुवा तास खेल्ने, मदिरा सेवन गर्ने पर्वका रुपमा लिने गर्नाले समेत देउसि भैलो खेल्नेको सख्या कमि आईरहेको छ । यसवर्ष अछामको कालिका गाबिस, कुन्तिवण्डाली, ढाकु, सुतार गाबिसको देउसि भैलोको टिमले मात्र उद्देश्यका साथ देउसि खेलेका भेटिएको छ ।

खासगरि नेपालीहरुले मात्र खेल्ने देउसी भैलोमा नेपालीको आफ्नो मौलिक साँस्कृतिक परम्परा रहेको पाईन्छ । दाजुभाइ र दिदीबहिनी बीच आत्मीय सम्बन्ध प्रगाढ बनाउने तिहारमा खेलीने देउसि भैलो आफनै बिशिस्ट महत्व रहन्छ । बारीका काल्ला भरि ढकमक्क फुलेका मखमली र सयपत्रीको फूल, गाउँ शहर झिलिमिली र तिहारका बेला खेलिने देउसी भैलोले तिहारको वतावरणलाई झनै रमणीय बनाइरहेको हुन्छ ।

रातको समयमा गाउँशहर झिलिमिली हुने हुनाले पनि देउसी भैलो रातको समयमा खेल्नुलाई नै रमाइलो मानिन्छ र खेल्ने गरिएको छ । लक्ष्मीपूजाको दिन साँझपख घरघरमा लक्ष्मीपूजा नगरी भैलो खेल्ने त कुरै हुँदैन । देउसी भट्याउदा भनिने झिलिमिली झिलीमिली, केको झिलिमिली, बत्तिको झिलिमिली, आएका हामी त्यस्तै होईन, वलि राजाले पठाएका हुन जस्ता शब्दले देउसी बिशेष गरी रातिकै समयमा खेल्ने गरिन्छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन