कमल रावल, कात्तिक १६, अछाम । अछामको कमलबजार नगरपालीका वडा नम्बर ३ बजगाउँमा श्रीमदभागवत् सप्ताह ज्ञान महायज्ञ हुने भएको छ । श्री जाल्पा देवि र मष्टावण्डाली देवताको पवित्र भुमिलाई आध्यात्मिक धार्मिक, साँस्कृतिक एँव पर्यटकिय क्षेत्रको रुपमा विकास गर्ने उद्देश्यका साथ कात्तिक २५ गतेबाट महयाज्ञ हुन लागेको हो । माण्डव्य बजगाई प्रतिष्ठान, नेपाल काठमाण्डौँ अनामनगर तथा बजगाउँ भागवत महायज्ञ मुल व्यवस्थापन समिती, अछाम बजगाईहरुको उत्पती स्थलको आयोजनामा महायज्ञ गर्न लागिएको हो ।
गुरु श्री बाल योगीश शुसिल शास्त्री शोभाखर ज्युको मुखार विन्दुवाट वाचन हुने महायज्ञको उदघाटन कात्तिक १९ गते नेपाली काग्रेसका महामन्त्री डाक्टर शसाँक कोईरालाले गर्ने बताईएको छ । उदघाटन कार्यक्रममा विशिष्ट अथीतीमा नेकपा एमालेका सचिव प्रदिप ज्ञवाली, माओवादि केन्द्रका पोलीव्युरो सदस्य लेखराज भटट, नेपाली काग्रेसका केन्द्रिय सदस्य एंव सँसद चन्द्र भण्डारी र पुर्व प्रधानसेनापती रुपमाग कटुवाल लगाएतका अथिती रहने भएका छन ।
जाल्पादेवि मन्दिर परिसर एँव बजगाउँलाई धामको रुपमा विकास गर्ने, धामक्षेत्रलाई आध्यामिक, धार्मिक, साँस्कृतिक एँव पर्यटकिय क्षेत्रको रुपमा विकास गर्ने, गुरुकुलमा आधारित वेद वेदागँ अध्ययन समेत गर्ने सार्वजनिक विद्यालय स्थापना गर्ने महायज्ञले उद्देश्य लिएको आयोजकले जनाएको छ । महायज्ञमा भौतिक, आर्थिक, अन्नदान गर्ने लगाएतका व्यक्तिलाई विभिन्न मान सम्मानबाट सम्मान गरिने जनाईएको छ ।